अन्तरास्ट्रिय जगतको इतिहास नियाल्ने हो भने कुनैपनि आविस्कार वा कला साधनाका व्यतित्वलाई राष्ट्रिय सम्मानका साथ राष्ट्रिय हित र सम्मानको लागि प्रोत्साहनको गरेको पाइन्छ । तर हाम्रो मुलुक भने गरिव मुलुक भएर पनि त्यस्तो प्रतिभाहरुलाई कदर गरेर राष्ट्रिय उन्नतिमा संलग्न गराउनुको सट्टा त्यस्तो व्यक्तिसँग भएको प्रतिभाहरुलाई निर्मुल पार्ने चेष्टा गरेको पाइन्छ ।
यसै सन्दर्भमा जस्तो सुकै हात हतियार भएपनी एकपटक खोलेर हेरेपछी त्यस्तै हतियार बनाउन सक्ने व्यक्तित्व भएका पाँचथर जिल्ला अन्तर्गत साविक नवमी डाँडा वार्ड नम्बर ५ हाल फाल्गनन्द गाँउपालिका निवासी तिलक बहादुर आङ्देम्बे र श्रीमाया आङ्देम्बेको साहिला छोरा ४८ बर्षिय मान बहादुर आङ्देम्बेलाई उनको प्रतिभाबाट निरुत्साहित पार्न सजाय दिइएको तथ्य जनसमक्ष आएको छ ।
उत्त, प्रतिभाशाली व्यक्तित्व आङ्देम्बेलाई प्राविधिक शिक्षाको कुनै ज्ञान नभएर पनि सर्वप्रथम तत्कालिन राजा स्वर्गीय श्री ५ बिरेन्द्रको शुभजन्मत्सावको उपलक्ष्यमा २०३४ मा पंखा घुम्ने र गुड्ने हेलिकप्टर बनाएर झाँकी प्रर्दशन गरेको बताइन्छ । पछि २०३७ मा मोरङको बोक्रे शनिस्चरेमा झरेपछी ६ राउन्ड जाने पेस्तोल र अन्य हातहतियार खरखजाना ऐन अन्तर्गत पक्राउ परेको तथा २०४२ मा हतियार उत्पादन गर्ने समाग्रीहरु जफत गरि पदम सुन्दर लावतिको गृह मन्त्रीकालमा ७ बर्षको कारावास सजाय दिइएकोमा बिराटनगर जिल्ला प्रहरी कार्यालको ३ वटा बिग्रीएको रिवलबल र २ वटा पेस्तोल मर्मत गरेवापत ३ बर्षमै कारावासबाट रिहा हुन पाएका थिए ।
हरि बहादुर बिश्वकर्माको शारीरिक परिश्रम लिएर पित्रलको टोकरिमा बारुद भरी गोलि पनि आफै बनाउनु हुन्थ्यो । तर कुन साइजको गोलि बनाए भन्ने आफैलाई पत्ता हुदैन थियो । बर्तमान समयमा आएर निज प्रतिभाशाली प्रतिभालाई प्रयोगमा ल्याउनका निमित्त २०६८ असोज १८ गते माओवादीले अपहरण गरेपछी जिल्ला प्रशासन कार्यलय पाँचथरको तारिकमा बस्नु पर्दा आफ्नै प्रतिभालाई आफै स्विकार्दै मेरो कला कागलाइ बेल पाक्यो हर्ष न बिष्मात भएको छ भनेर गुनासो पोख्नु हुन्छ । विश्व प्रसिद्ध बैज्ञानिकहरुले आफ्नो मुलुकबाट प्रोत्साहन पाएकोले गर्दा नै आज बिश्वका शक्तिशाली मुलुकहरु बिज्ञानको चरम उन्नतिलाइ आफ्नो गौरवको प्रतीक सम्झेर हर्ष उल्लासका साथ बैज्ञानिक उन्नतिको होडबाजीमा बुर्कुशी मारी राखेको छन् ।
तर हाम्रो गरिब र निर्धन मुलुकमा भने शिक्षाले हिन भएर पनि कुनै न कुनै कोणबाट राष्ट्रलाई समृद्धि प्रदान गर्न सक्ने क्षमता भएका प्रतिभाहरुलाई सक्दो सम्म निरुत्साहित पारी राष्ट्रको सुरक्षाका लागि समेत परमुखापेक्षी बनाउने दिशा तर्फ मात्र जाग्रसर भएको देखिन्छ । वास्तबमा मुलुकको राज्य सत्ताले यस्तो प्रतिभाहरुलाई समयमा नै सुरक्षित कब्जा गरि उनिहरुको प्रतिभामा अझै नयाँ ज्ञान थपेर सहयोग गर्न सकेमा बिबिध क्षेत्रमा हाम्रो मुलुक पनि धेरै आत्मनिर्भरमा बन्न सक्थ्यो होला र प्राबिधिक सीप र ज्ञानले बढोत्तरी पाउन सक्थ्यो ।














