
पोखरा । पोखराका सर्जक घनश्याम रिजालले विन्ध्यवासिनी म्युजिक अवार्ड प्राप्त गर्नुभएको छ । काठमाडौंमा आयोजित एक सांगीतिक समारोहमा उहाँलाई विन्ध्यवासिनी म्युजिक अवार्ड बाट पुरस्कृत गरिएको हो ।
रिजालले सर्वोत्कृष्ट लोक दोहोरी गीतको अवार्ड प्राप्त गर्नुभएको हो । उहाँले सिर्जना गरेको “शुन्य भयो डाँडैको चौर” सर्वोत्कृष्ट भएको हो । जसमा लोकदोहोरी गायक रामजी खाण र गायिका अन्जु पन्तको आवाज रहेको छ ।
पोखरामा रहेर संघर्षरत रहे पनि नेपाली संगीत क्षेत्रमा भने उनको योगदान अतुलनीय छ । खासगरी नेपाली लोकगीत क्षेत्रमा उनले सिर्जना गरेका गीतहरुलाई रुचाइएको छ ।
प्रेमिल भावका गीत सँगै उनले सामाजिक यथार्थपरक विषयवस्तुमा आधारित गीत पनि सिर्जना गर्नुभएको छ । घर शुन्य भो, बाख्रा पालम्ला उहाँका सामाजिक यथार्थपरक गीत हुन् ।
यस बाहेक अमिलो रसैले, सरसर, तिम्रो पछ्यौरी(रत्यौली), ओई माया, ढल्के बरको छायाँले, बम्बैको साडी, हुन हुनि थियो र मलाई, प्यार प्यार, डालीमा बसेको चरी, जन्मघर माइतैमा, डाली रित्तै भो जस्ता गीत उहाँका चर्चामा छन् ।