कलेजका विद्यार्थीमाझ फिल्म प्रचार गर्दै ‘अन्तिम संस्कार’को टिम

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । पाइलट तथा अभिनेता विजय लामाको यतिबेलाको दैनिकी प्रदर्शनको तयारीमा रहेको फिल्म ‘अन्तिम संस्कार’को प्रवद्र्धनमा व्यस्त हुनुहुन्छ ।
काठमाडौं उपत्यकाका विभिन्न कलेजमा पुग्दै उहाँले विद्यार्थीमाझ फिल्म प्रचार गर्दै हुनुहुन्छ ।

राजधानीका एक दर्जन कलेजमा पुगेर लामासहित फिल्मका कलाकारले विद्यार्थीलाई फिल्म हेर्न आग्रह गर्नुभयो । जहाज उडानको तालिकाबाट फुर्सद निकालेर उहाँसँगै कलाकारहरु दीया पुन, रेश्मा घिमिरे, त्रिचु राई, एवन उप्रेती र निर्देशक प्रदीप शाही समेत प्रवद्र्धनमा व्यस्त छन् ।

उहाँहरुले काठमाडौंका क्याम्पियन, ग्लोबल, कान्तिपुर, राजधानी मोडल, क्वेस्ट, डन बस्को, जेभियर, नेपाल एयर होस्टेज, नर्दन लाइट, अथर्व बिजनेस कलेजमा पुगेर फिल्मको प्रचार गरेका छन् ।
लामाले विद्यार्थीलाई जीवन जिउने कला पनि सिकाइ पनि रहनुभएको छ ।

‘अन्तिम संस्कार’मा उहाँले एक पिताको भूमिका निर्वाह गर्नुभएको छ । हराएको छोरा खोज्न निस्किएको एक पिता जसले छोरासँग संवाद गर्छ । यो फिल्मका लागि लामाले १८ किलो तौल घटाउनुभएको हो ।
निर्देशक शाही कलेज प्रचारको प्रभाव फिल्मको व्यापारमा पर्नेमा विश्वस्त हुँदै विद्यार्थीहरु फिल्म हेर्न उत्साहित रहेको बताउनुभयो ।
त्यस्तै, अभिनेत्री पुनले कलेजका विद्यार्थीहरुसँग साक्षात्कार गर्न पाउँदा खुसी लागेको बताउदै फिल्ममा आफूले अहिलेसम्मकै चुनौतीपूर्ण भूमिकामा काम गरेको बताउनुभयो । उहाँले फिल्मको कथा दर्शकलाई केही फरक लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

फिल्ममा लामाले न्युड सिन पनि दिनुभएको छ । लामो समयदेखि विदेशी फिल्मको वितरणमा सक्रिय एप्पल इन्टरटेनमेन्टले यसलाई देशव्यापी प्रदर्शन गर्न लागेको हो ।
साई प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्म आगामी शुक्रबार प्रदर्शन तयारीमा छ ।

मर्डर मिस्ट्रीको कथामा निर्माण भएको फिल्ममा विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ्ग लामा, विकाश अधिकारी, सरोज खालिङ्ग राई, सस्मिता गिरी, दिग्गज खत्री, सरोज कुमाल, धर्मानन्द आचार्यको पनि अभिनय छ । फिल्ममा दीया डिएसपीको भूमिकामा हुनुहुन्छ । निर्देशक शाही स्वयंले फिल्म लेख्नुभएको हो । उहाँको पहिलो निर्देशकिय फिल्म ‘गोर्खा स् बिनिथ द ब्रेभरी’ थियो ।

त्यस्तै ‘आदर्श नारी’ फिल्मबाट अभिनयमा डेब्यु गरेका लामाको पछिल्लो फिल्म ‘स्कुल’ हो । मिलन चाम्सको निर्देशनमा ‘वर एण्ड वधु’को छायांकन भइरहेको छ, जहाँ उहाँको शीर्ष भूमिका रहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला