पोखरामा युवा नेपाल समितिको आयोजनामा स्वेच्छिक रक्तदान, ३५ युनिट रगत संकलन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, साउन १७ । “तपाईंको एक थोपा रगत, कसैको अमूल्य जीवन” भन्ने मानवीय भावनाका साथ युवा नेपाल समिति कास्कीको आयोजनामा आज पोखरा १७, ड्यामसाइडस्थित राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था -नेष्डो नेपाल) को प्राङ्गणमा स्वेच्छिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कुल ३५ युनिट रगत संकलन भएको छ ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष राधिका योगीले युवाहरूले सामाजिक र मानवीय कार्यमा देखाएको यो सक्रियता प्रशंसनीय रहेको बताउनुभयो । उहाँले रक्तदानभन्दा ठूलो अर्काे दान केही हुन सक्दैन र युवाहरूले यस्ता जीवनरक्षक अभियान सञ्चालन गर्दा समाजमा सकारात्मक सन्देश जाने बताउनुभयो ।
कार्यक्रममा विशेष अतिथि नेष्डो नेपालका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईंले रक्तदानले बिरामीको जीवन बचाउनुका साथै मानव समाजमा सहयोग र भ्रातृत्वको भावना अभिवृद्धि गर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष सोचना सेन ठकुरीले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण रक्तदाता, अतिथि एवं सहयोगी संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि संस्थाले यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

युवा नेपाल समिति कास्कीका अध्यक्ष सोचना सेन ठकुरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समितिका सल्लाहकार जय प्रकाश थापाले स्वागत मन्तव्यद्वारा उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो ।
उक्त कार्यक्रमको सञ्चालन सचिव सरिता हमालले गर्नुभएको थियो ।
सामाजिक उत्तरदायित्व र जीवन रक्षाको भावनालाई आत्मसात गर्दै आयोजना गरिएको यस रक्तदान कार्यक्रममा स्थानीय तथा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला