मंगोलियन हार्टको अष्ट्रेलिया टुर सम्पन्न्न

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । सांगीतिक समूह मंगोलियन हार्टको अष्ट्रेलिया टुर सम्पन्न भएको छ । १० अप्रिलमा मेलबर्नबाट सुरु भएको अष्ट्रेलिया यात्रा आइतबार एडिलेडमा पुगेर टुंगिएको हो ।
त्यसअघि ब्रिसबेन, सिड्नी, क्यानबेरा, डार्विन, पर्थ र होवर्टमा पनि ब्याण्डले कन्सर्ट गरेको थियो ।

ब्याण्डका प्रमुख गायक राजु लामाले १० वर्षपछि हाम्रो अष्ट्रेलिया टुर सफलता पूर्वक सम्पन्न भएको बताउदैं हरेक सहरमा नेपाली समुदायले माया दर्शाएको बताउनुभयो । यसबाट हामी निकै खुसी लागेको बताउनुभयो ।
ती कन्सर्टमा गायक लामाले चर्चित ट्रयाक ‘मेरो नेपाल’ गीतमार्फत कन्सर्ट थाल्दा राष्ट्रिय भावले दर्शक ओतप्रोत भएका थिए ।
त्यसपछि उनले लाइनअपमा बादलपारिको देशबाट, म माया लाउँदिन, हल्ला चलेछ, तिमीलाई देखेर, पर्खाइमा, सायद तिम्रो बाटोमा जस्ता ब्याण्डका चर्चित गीतहरुमा दर्शक नाचेका थिए ।

आइतबार राति एडलेडमा भएको अन्तिम प्रस्तुतिमा लामाले ‘सायद तिम्रो बाटोमा’ गीत गाउँदै म्युजिकल टुर टुंग्याउँदै गर्दा दर्शकदीर्घाबाट सबैले हात उठाएका थिए, अनि लामाले मुस्कुराउँदै स्टेजबाटै दर्शकसँग सेल्फी खिच्नुभएको थियो ।

३० वर्षअघि सन् १९९२ मा स्थापना भएको यही ब्याण्डमा गायक राजु लामा हुनुहुन्छ । यो ब्याण्ड लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको छ ।
ब्याण्डको रिदम गितारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा किरण नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन हुनुहुन्छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला