परराष्ट्र मन्त्रीद्वारा प्रबल जनसेवाश्री विभूषित नगेन सिंह सम्मानित

नगेन न्यूज
  • ख-
  • ख+

काठमाण्डौं । ‘प्रवल जनसेवाश्री’ मानपदवीले विभूषित विश्व कलायात्री नगेन सिंहलाई परराष्ट्रमन्त्री एनपी साउदले आफ्नैं कार्यालयमा सम्मान गर्नुभएको छ ।
उक्त अवसरमा परराष्ट्रमन्त्री साउदले सिंहले बोकेका कला क्षेत्रको विकासका एजेण्डाहरु राम्रो रहेको अझै उन्नती प्रगती होस् भनि कामना गर्नुभयो ।
सम्मानिय राष्ट्रपति बाट कलाकार विश्व कलायात्री नगेन सिंह ‘प्रवल जनसेवाश्री’ मानपदवी बाट विभूषित हुनुभएको थियो ।

संविधान दिवस २०७९ को अवसरमा घोषणा गरिएको मानपदवी, अलङ्कार, र पदक पाउने सूचीमा कलाकार विश्वकलायात्री नगेन सिंहको पनि पर्नुभएको थियो ।

नया वर्षको शुभ अवसरमा वैशाख १ गते राष्ट्रपति कार्यलयमा विभुषण सुशोभन समारोह आयोजना गरिएको थियो ।
कलाकारिता क्षेत्रमा उल्लेखनिय कार्य गरेको वापत नेपाल सरकारले उक्त मानपदवी प्रदान गरेको हो ।
विश्व कलायात्री सिंहले कलाकारिता क्षेत्रलाई सम्मान गरेकोमा खुसि व्यक्त गर्दै सरकार लाई धन्यवाद दिनुभएको हो ।

 


विश्व कलायात्री सिंहका एजेण्डाहरु
१. कलाकार राष्ट्रका गहना होइन, कलाकार राज्यको अभिन्न अंग हो,
समाजको महत्त्वपूर्ण अंग हो र राष्ट्रको सुन्दर अंग हो ।
अहिलेको युग ललितकला डायमन्ड युग
१। हरेक सरकारी विद्यालयमा अनिवार्य ललितकलाको कला गुरु हुनुपर्ने ।
२। हरेक नगरपालिका तथा गाउँपालिकाहरुमा ललितकला संग्राहलय तथा विभाग हुनुपर्ने ।
३। हरेक सरकारी कार्यालयमा अनिवार्य एक कला कृति हुनुपर्ने ।
४। नगरपालिकाबाट आधुनिक घरको बैठक रुममा अनिवार्य एक कलाकृति राख्ने ठाउँ भए मात्र नक्सा पास गर्ने ।
५। ललितकला विश्व विद्यालय हुनुपर्ने ।
६। नेपाल प्रेस काउन्सिलबाट बर्गिकरण गर्ने क श्रेणीको पत्रिकामा एक पेज अनिवार्य कलाको बारेमा हुनुपर्ने ।
७। सरकारबाट हरेक वर्ष एक कलाकृति वा एकल प्रदर्शनी वा सामूहिक प्रदर्शनीहरुको पुरस्कार व्यवस्था गर्नुपर्ने ।
८। नेपालका कलाकारहरुको कलाकृतिहरुलाई बैंकमा धितो राखी सहज ऋण उपलब्ध गराउनुपर्ने ।
९। नेपालको संविधानमा ललितकलालाई अंगको रुपमा उल्लेख गर्नुपर्ने ।
१०। नेपाल ललितकला बिकास बोर्ड स्थापना गर्नुपर्ने ।

नेपालमा प्रथम पटक
२०६४ मा कलाकारकै कला जीवनीमा आधारित नाटक मञ्चन नगेनको नम्न तृष्णा (M.ART THEATER) को प्रस्तुति बिरेन्द्र हमाल द्वारा निंदेशित
२०६४ मा टिकट सिस्टम ( एक व्यक्ति कला प्रदर्शनी My Rejected Art, Nepal Art Council, Kathmandu )

२०७४ मा टिकट सिस्टम (रु.५०० रु.१०००मा ) एक व्यक्ति कला प्रदर्शनी SEVEN PROVINCES ART EXHIBITION”, Pokhara Art Gallery, Kaski, Nepal by Lions Club of Lekhnath

बिद्यालयमा प्रयोग हुने अभ्यास पुस्तिकाको कवर पेज अगाडि पछाडि कलाकारकै कलाकृतिहरु, फोटो प्रकाशित
७७ जिल्ला कला भ्रमण शान्ति (Peace), पर्यटन (Tourism) , कला प्रवद्र्धन (Art Promotion) अन्र्तगत नेपाल कला भ्रमण सम्पन्न ।
कलाकारकै नाममा Nagen Art Museum ३०० कलाकारहरुको कलाकृति संकलन  ONLINE KHABAR कलाकारकै नाममा

www.nagennews.com

@) Fine Art Mobile App निर्माण ।

NS Club National Art App Exhibition-2018

 “ARTIST FOR ARTIST” International Open painting Online Competition & Exhibition Start.

वि.सं २०६५ सालमा अहिलेको युग ललितकला डायमण्ड युग बनाउने उद्देश्यका साथ कला क्रान्ति बर्ष ब्यक्ति, कला क्रान्ति बर्ष पुरुष, कला क्रान्ति बर्ष नारी लगायतका बर्ष ब्यक्ति घोषणा

 

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला