बेगनासतालमा छैटौं डुंगा दौड प्रतियोगिता हुँदै

नगेन न्यूज
  • ख-
  • ख+

लेखनाथ, २६ जेठ । बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा यहि जेठ २७ गते लेखनाथको बेगनासतालमा छैटौं संस्करणको पुरुष तथा महिलातर्फ खुला डुंगा दौड प्रतियोगिता हुने भएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बेगनासतालबारे प्रचारप्रसार गर्ने, तालमा हुन सक्ने भवितव्य घटनाबारे सचेतनामूलक जानकारी दिने, बेगनासतालको महत्व बुझाउन तथा खेलको माध्यमबाट आन्तरिक पर्यटक भित्र्याउँदै यहाँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक बेगनासताल डुंगा व्यवसायी समितिका अध्यक्ष नवराज बाँस्तोलाले जानकारी दिनुभयो ।

अध्यक्ष बाँस्तोलाका अनुसार पुरुषतर्फ बेगनासताल डुंगाघाटबाट रातोटुंडा र कँडेलटुँडाको विच भाग सम्म २ किमी दूरीमा तथा महिलातर्फ बेगनासताल डुंगाघाटबाट पिप्लेटुँडासम्म १ किमी दुरमिा प्रतिस्पर्धा गराइने छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रर्वद्धनमा हुने डुंगा दौड प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथमले १५ हजार, द्वितीयले १० हजार, तृतीयले ५ हजार तथा सान्त्वनाले ३ हजार सहित प्रमाणपत्र र पुरस्कार प्राप्त गर्ने निर्णायक समितिका संयोजक एवं समितिका निवर्तमान अध्यक्ष रबिराज कँडेलले जानकारी दिनुभयो ।

प्रतियोगितामा पुरुष र महिलातर्फ गरि २२ टिमको सहभागिता रहने आयोजकको अपेक्षा छ । प्रत्येक टिममा तीनजना डुंगा चालक रहने छन् ।
प्रतियोगिता सफल पार्न बेगनासताल डुंगा व्यवसायी समितिका अध्यक्ष नवराज बाँस्तोलाको अध्यक्षतामा मूल आयोजक समिति गठन गरि तयारी तिव्र पारिएको छ ।
प्रतियोगितामा सहभागी हुनको लागी टिम दर्ता निशुल्क गरिएको र प्रतियोगिता सम्पन्न गर्नको लागि करिब ५ लाख ५० हजार खर्चको अनुमान गरिएको आयोजकले जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला