पोखरा । रानाभाट/भाट समाज नेपालको छैठौं केन्द्रीय महाधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
समाजको अध्यक्षमा हरिबहादुर रानाभाट (चितवन), वरिष्ठ उपाध्यक्षमा भिमबहादुर रानाभाट (बाँके), उपाध्यक्षमा मन बहादुर रानाभाट (नवलपुर) र प्रतिभा रानाभाट (कास्की) चयन भएका छन् ।
त्यस्तै, महासचिवमा राजु रानाभाट (काठमाडौ), सचिवमा गणेश रानाभाट, कोषाध्यक्षमा राजु रानाभाट र सहकोषाध्यक्षमा महेन्द्र रानाभाट चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा कास्कीका यामबहादुर रानाभाट, नारन रानाभाट र शिवबहादुर रानाभाट, स्याङ्जाका डिलबहादुर रानाभाट र शारदा रानाभाट, तनहुँका भोजराज रानाभाट र विनोद रानाभाट, नवलपुरबाट रामभक्त रानाभाट र सुर्यबहादुर रानाभाट, पाल्पाबाट पूर्णबहादुर रानाभाट, चितवनबाट जमानसिंह रानाभाट र प्रभु रानाभाट, अर्धाखाँचीबाट माधव भाटक्षेत्री चयन भएका छन् भने कास्कीका ज्यो. रुद्रबहादुर रानाभाट र नरेन्द्र रानाभाटलाई सदस्यमा मनोनीत गरिएको छ ।
निर्वाचन समितिमा डा. प्रेम सिंह भाटको संयोजक र सदस्यमा अधिवक्ताद्वय धनबहादुर रानाभाट र मिना रानाभाट रहेका थिए । नवनिर्वाचित कार्यसमितिले समाजको एकता, परम्परा संरक्षण, सामाजिक सद्भाव र भावी पुस्तासम्म समुदायको इतिहास तथा संस्कृतिको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि पुर्व सभामुख तारानाथ रानाभाटले समुदघाटन गर्दै समाजलाई समयको माग संगै अगाडी बढाउनु पर्ने बताउनुभयो । कार्यक्रममा महासचिव शंकर रानाभाटको प्रगति प्रतिबेदन र का.वा. कोषाध्यक्ष मनबहादुर रानाभाटले प्रस्तुत गरेको समाजको आर्थिक प्रतिबेदन बृहत छलफल गरि पारित गरिएको थियो ।
महाधिवेशनमा विभिन्न एकाइ तथा रानाभाट तथा भाट समाजका ब्यक्तिलाई सम्मान गरिएको थियो ।
समाजका एकाइहरु पोखरा २६ को कन्धनीडाँडा एकाइ, पोखरा १३ को काहुँखोला एकाइ, पोखरा १७ को पार्दि बिरौटा एकाइ, तनहुँ जिल्ला समिति र नवलपुर जिल्ला समितिलाई भवन निर्माण गरी योगदान गरेकोमा र रुपन्देही जिल्लाले समाजघर निर्माणकालागि जग्गा खरिद गरेकोमा संस्थागत सम्मान गरिएको थियो ।
त्यस्तै तनहुँ र चितवनलाई उत्कृष्ट जिल्ला घोषणा गरि सम्मान गरिएको थियो ।
त्यसैगरी न्यायको क्षेत्रबाट पाटन उच्च अदालतका न्यायाधीश माननीय शिव बहादुर रानाभाट र रजिस्ट्रार संधिखर्कका अशोक भाटक्षेत्री, शिक्षाको क्षेत्रबाट फिस्टेल एकेडेमी पोखराका संस्थापक प्राचार्य चिनु रानाभाट, समाजसेवा तर्फबाट सु. बलबहादुर रानाभाट, उद्योग ब्यबसाय तर्फबाट स्याङ्जाका अर्जुन रानाभाट र हेटौंडाका प्रमोद सिंह रानाभाट, यातायात क्षेत्रबाट बुटवलका अर्जुन रानाभाट, पाँचौ महाधिवेशनका कार्यसम्पादन समितिका संयोजक मनबहादुर रानाभाट, सदस्यहरु लोक बहादुर रानाभाट र राजु रानाभाट, प्रेमबहादुर रानाभाट लगाएतलाई सम्मान गरिएको थियो ।
कलाकारिताको क्षेत्रबाट पोखराकी मुस्कान रानाभाट र नेपालगंजकी नबिना रानाभाट, रानाभाट भाट जातिको बारे शोधपत्र लेख्ने ललितपुरकी कविता रानाभाटलाई सम्मान गरिएको थियो ।
त्यस्तै नवलपुरको गैंडाकोटमा सम्पन्न पाँचौ केन्द्रिय महाधिवेशन कार्य सम्पादन समितिका संयोजक मनबहादुर रानाभाट, छैठौं केन्द्रिय महाधिवेशनको कार्यसम्पादन समिति संयोजक श्रीबहादुर रानाभाट, केन्द्रिय महासचिव शंकर रानाभाट लगाएतलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा पाटन उच्च अदालतका न्यायाधीश शिवबहादुर रानाभाट, जिल्ला अध्यक्ष तर्फबाट तनहुँ जिल्ला अध्यक्ष बेलबहादुर रानाभाट, प्रदेश समितिहरुको तर्फबाट बाग्मतीका अध्यक्ष सन्तोष रानाभाट, प्रदेश इन्चार्जहरु मध्येबाट ल…म्बिनीका भिमबहादुर रानाभाट, महिला तर्फबाट कमला रानाभाटले मन्तव्य राखेका थिए ।
त्यसै गरी कश्यप गोत्रीय रानाभाट प्रतिष्ठानका केन्द्रिय परिषद् अध्यक्ष नेपालहरि रानाभाट, पोखरा महानगरपालिका लेखा समिति सभापति झपट बहादुर रानाभाट, कास्की जिल्ला अध्यक्ष तथा आर्थिक समिति संयोजक सुर्यबहादुर रानाभाटले बोलेका थिए ।
केन्द्रीय अध्यक्ष बाबुराम रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष हरि रानाभाटले र संचालन महासचिव शंकर रानाभाट र सचिव बलराम रानाभाटले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन उपाध्यक्ष श्रीबहाद…र रानाभाट गर्नुभएको थियो ।
















