काठमाण्डौ । ओम प्रतीकको निर्देशनमा निर्माण भएको फिल्म ‘हली’ आगामी साउनमा प्रदर्शनमा आउने भएको छ ।
फिल्म साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको हो । निर्माण टिमले शुक्रबार दुई आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरू छन् । फिल्ममा प्रमोद दीप, सुजता थापा, ओम प्रतिक, सरोज खनाल, अरूणा कार्की, अर्जुन गुरूङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको अभिनय छ ।
निर्देशक ओम प्रतीकले नै फिल्मको कथा लेख्नुभएको हो ।
फिल्मको प्रमोशनल गीतमा चर्चित कलाकारहरू दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको विशेष नृत्य रहेको छ ।
चाक्युङ लेखक संघको अध्यक्ष सनि लिम्बूले जापुरा फिल्म्स् प्रोडक्सन र शुभ चिरायू फिल्म्स्को सहकार्यमा निर्माण भएको ‘हली’ वास्तविक घटनाबाट प्रेरित रहेको बताउदै फिल्मले समाज परिवर्तनका लागि एक जना ‘हली’ नै पर्याप्त हुने सन्देश दिने जानकारी दिनुभयो ।
फिल्मको निर्मातामा पुजा पुरूङ र जस्मिन श्रेष्ठ हुनुहुन्छ ।
अर्जुन भुसाल कार्यकारी निर्माता र नम्रता भण्डारी सहनिर्माता रहेको सिनेमामा राहुल राईको छायांकन, रामप्रसाद चौधरीको सम्पादन, विपिन मल्लको सम्पादन, शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत, कविराज गहतराज र ओम प्रतीकको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ । यो सिनेमाको वितरण नेशनल सिने ग्रुपले गर्नेछ ।
















