पोखरा २० मा क्षमता अभिबृद्धी तालिम सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नं. २० ले क्षमता अभिबृद्धी सम्वन्धि कार्यक्रम सम्पन्न गरेको छ ।

वडाभित्रका टोल विकास संस्था र उपभोक्ता समितिका पदाधिकारीलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा सहभागिलाई बैठक संचालन, माईन्युट लेखन, प्रस्तावना पत्रको तयारी र व्यवस्थित लेखा प्रणालीका विषयमा प्रशिक्षण दिईएको वडाले जनाएको छ ।

२२ वटा संस्थाका अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ५० जना सहभागि रहेको प्रशिक्षणमा इन्जिनियर विनोद शर्मा,वडा सचिव रामप्रसाद तिवारी र लेखापाल धर्मराज बुढाले सहजिकरण गर्नुभएको थियो ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष गंगाबहादुर खत्रीले वडाभित्रका बिभिन्न समितिमा आवद्ध व्यक्तिको क्षमता विकास गर्न तालिम फलदायी हुने बताउनुभयो । उहाँले माईन्युट लेखन तथा समितिको कार्यप्रणालीलाई व्यवस्थित र आर्कषक बनाउन वडाले विगतबाटै यस्ता कार्यक्रम गर्दै आएको जानकारी गराउनुभयो ।

वडाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद गौतमले यस्ता तालिमले वडाबाट हुने कार्य सम्पादनमा पनि सहजता ल्याउने बताउनुभयो ।
प्रशिक्षक इन्जिनियर विनोद शर्माले टोल विकास संस्था र उपभोक्ता समितिबाट सम्पादन हुने कामलाई सहज बनाउन बेला बेलामा सदस्यको क्षमता विकास हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको संचालन सचिव रामप्रसाद तिवारीले गर्नुभएको थियो ।
वडा कार्यालयले बार्षिक योजनामा नै समावेश गरि निरन्तर रुपमा यस्ता कार्यक्रमहरु संचालन गर्दै आइरहेको जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला