निर्देशक समाजको नेतृत्व अरुण प्रधानलाई, महासचिवमा समुन्द्र भट्ट विजयी

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौँ । चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान निर्वाचित हुनुभएको छ ।

मंगलबार राती सम्पन्न निर्वाचनको अन्तिम परिणामअनुसार प्रधानले आफ्ना प्रतिद्वन्द्वी जनकदीप पराजुलीलाई पराजित गर्नुभएको थियो ।

दुई उपाध्यक्ष पदमा सुवास गजुरेल र दीपक वली निर्वाचित हुनुभयो । महासचिवमा समुन्द्र भट्ट विजयी हुँदा सचिव पदमा राजबहादुर साने निर्वाचित हुनुभएको छ ।

कोषाध्यक्षमा जनक खड्का निर्विरोध निर्वाचित हुनुभयो । सहकोषाध्यक्षमा उत्सव केसी निर्वाचित हुनुभयो ।
सदस्यहरुमा लक्ष्मण सुवेदी, लक्ष्मण सुनार, साकार पन्त, अमरदीप सापकोटा, शिव शर्मा कँडेल र हस्तबहादुर लिम्बु निर्विरोध निर्वाचित भएका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला