विन्ध्यवासिनीमा ‘बसाइँ’ उपन्यासमा विमर्श

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । प्रशिद्ध साहित्यकार लीलबहादुर क्षेत्रीको चर्चित ‘बसाइँ’ उपन्यास माथि पोखरामा विद्यार्थीले नै विमर्श गरेका छन् ।

बाटुलेचौरस्थित विन्ध्यवासिनी माविले आयोजना गरेको जिल्ला स्तरीय समीक्षा कार्यक्रममा सहभागि विद्यार्थीले उपन्यासका बिभिन्न पक्षको चर्चा गर्दै, ‘बसाइँ’ उपन्यासले तत्कालिन नेपाली समाजको यथार्थलाई उतारेका बताएका छन् ।
प्रतियोगितात्मक रुपमा आयोजित कार्यक्रममा विद्यार्थीले गरेको समीक्षालाई पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा. श्रीधर न्यौपाने र सुरज पौडेलले मुल्यांकन गर्नुभएको थियो ।
प्रतियोगितामा विन्ध्यवासिनी माविका सुस्मिता आचार्य प्रथम, ईन्द्रराज्यलक्ष्मी माविका सगुन पौडेल द्वितीय र कालिका माविका सृष्टि लम्साल तृतीय भएको शिक्षक कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
सामुदायिक विद्यालय समुहमा आवद्ध १२ वटा विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए ।

विजयी विद्यार्थीलाई पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना, विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले नगदसहित पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रममा वडाध्यक्ष तिमिल्सीनाले यस्ता कार्यक्रमले विद्यार्थीको समिक्षात्मक क्षमतालाई विकास गर्ने बताउनुभयो ।
प्राध्यापक डा. श्रीधर न्यौपानेले केन्द्रिय विषय र सन्देश, कृतिका सबल र दुर्वल पक्षका आधारमा विद्यार्थीको मुल्यांकन गरेको जानकारी दिनुभयो ।
सहभागि विद्यार्थीहरुले कृतिका बारेमा पावर पोईन्ट मार्फत प्रस्तुतीकरण दिएका थिए ।
२०१४ सालमा मदन पुरस्कार पुस्तकालयले प्रकासन गरेको सो उपन्यास मुना मदन पछि सबैभन्दा बढी बिक्री हुने नेपाली पुस्तक हो ।

पुस्तकमा पूर्वी नेपालको एउटा नामहीन पहाडी गाउँको चित्रण गरिएको छ । पुस्तकलाई अङ्ग्रेजीमा समेत अनुवाद गरिएको छ । क्षेत्रीका अतृप्त र ब्रह्मपुत्रको छेउछाउ नामक दुई उपन्यास पनि प्रकाशित छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला