मौसमी गफ नगरौं, मल कारखाना खोल्न सकिने भए खोलिहालौं : कांग्रेसका नेता गगन थापा

सुबी गुरुङ
  • ख-
  • ख+

नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले कृषिमा अत्यन्तै राम्रा कार्यक्रमहरु ल्याएको भएपनि मल अभावका कारण ती सबै कार्यक्रम असफल हुने खतरा रहेको बताएका छन् ।

संघीय संसदमा बजेटमाथिको मन्त्रालयगत छलफलमा भाग लिँदै थापाले अघिल्ला वर्षजस्तै यस वर्ष पनि सरकार मलको चक्र तोड्न असफल भएको बताएका हुन्।

उनले मल ल्याउन सरकारले आवश्यक बजेट छुट्याएको भएपनि कृषि मन्त्रालय र जिम्मेवारीमा रहेका मानिसहरुले काम नगर्दा समयमा मल ल्याउन नसकिने बताए। ‘गएको साल मनसुन राम्रो भयो , मलको अभावले ठूलो लस भयो। सरकार फेरियो, मानिसहरु फेरिए, मन्त्री फेरिए तर मलको कथा जहिल्यै यस्तै भयो,’ थापाले भने।

थापाले काम नगर्ने संरचना तत्काल बदल्नुपर्ने बताए । उनले मलको समस्या समाधानका लागि प्रधानमन्त्रीले नै निर्देशन दिएको तर जिम्मेवारमा रहेकाहरुले काम नगरेको बताए। ‘गर्नुपर्ने मन्त्रालय र जिम्मेवारी लिएका मानिसहरुले सही काम नगर्दा समस्या आयो। वक्तव्य आउँछ, मल आउँदैन,’ उनले भने, अब केही दिनमा रोएका किसानहरुको फोटोहरु आउँछ। किसानहरु लाइनमा बस्छन् मल आउँदैन।’

उनले नेपालमै मलको कारखाना खोल्न सकिने भए खोलिहाल्नुपर्ने बताए । जब जब मलको कुरा आउँछ, त्यसपछि मात्रै कारखाना खोल्ने भनिन्छ,’ उनले भने, ‘यसको बारेमा पनि मौसमी गफजस्तो भयो। मलको कारखाना खोलिनै हालौं सुरु गरिहालौं। जुन संरचना छ त्यसले काम गरेन भने केके बदल्नुपर्ने हो बदलौं। कम्तिमा यति काम त गरौं।’

सरकार आफूले मल ल्याउन नसकेपछि सिमाना पारी गएर मल ल्याउनेलाई लाठीले ठोकेर बहादुरी देखाउने गरिएको थापाले बताए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला