¥यान्डममा वैकल्पिक अर्थतन्त्रको बहस

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, फागुन २४ । ¥यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा ‘वैकल्पिक अर्थतन्त्र’ माथि बहस चलाएको छ ।
प्रसिद्ध अर्थ–राजनीतिक विश्लेषक हरि रोकाको पहिलो कृति ‘वैकल्पिक अर्थतन्त्र’ मा केन्द्रित रहेर सञ्चालन गरिएको बहसमा अर्थशास्त्री प्रा. डा. लेखनाथ भट्टराईले अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा डा. भट्टराईले वैकल्पिक आर्थिक विकास र व्यवस्थाबारेका अर्थराजनीतिक आयामहरूमाथिको सैद्धान्तिक–वैचारिक तथा व्यावहारिक पक्षहरूको विश्लेषण गरिएको बताउनुभयो । ‘बजार अर्थतन्त्र, राज्यको भूमिका र योजना प्रणाली सम्बन्धमा शास्त्रीय, नवशस्त्रीय माक्र्सवादी किन्सियन विचारधारात्मक पक्ष–विपक्षका तर्कहरूको विहङ्गम समालोचनात्मक परिचर्चा पुस्तकमा समेटिएको छ ।’ उहाँले भन्नुभयो, ‘आधारभूत तथा समसामयिक अर्थ साहित्यहरूको गहन अध्ययन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिघटना र तथ्याङ्कको गम्भीर विश्लेषण गरिएको छ ।’

पुस्तकले नवउदारवादी दृष्टिकोणमा पूर्ण खुला बजार अर्थतन्त्र र समाजवादी दृष्टिकोणका आधारमा पूर्ण राजकीय स्वामित्व र नियन्त्रणको अर्थतन्त्र नेपाल जस्ता मुलुकको विकासको मोडल हुन नसक्ने विचार प्रस्तुत गरेको उहाँको विश्लेषण थियो ।
व्यापक बहस र विमर्शका आधारमा देशभित्र बहुपक्षीय सहमति जुटाएर वैकल्पिक अर्थतन्त्रको खाका निर्माण गर्नु जरुरी भएको भन्दै भट्टराईले अन्य देशको विकास मोडल र रणनीतिहरू जस्ताको तस्तै नक्कल गरेर नेपालमा कृषिको रूपान्तरण, औद्यौगिकीकरण, वित्तीय विकास, संरचनागत परिवर्तन र दिगो विकास सम्भव नभएकोतर्फ कृतिले ध्यानाकर्षण गराएको बताउनुभयो ।

लेखक हरि रोकाले लेखकले प्रश्न मात्रै उठाउने होइन, समाधान पनि दिन सक्नुपर्ने विचारले किताब लेखेको बताउनुभयो । पैसाले मनिसलाई नोकर होइन, मानिसले पैसालाई नोकर बनाउनुपर्नेमा जोड दिँदै रोकाले बजारलाई नियमन गर्न सकिएन भने आर्थिक सङ्कट आउने बताउनुभयो । अर्थतन्त्रसम्बन्धी सैद्धान्तिक, त्यससम्बन्धी आफ्नो अनुभव र आगामी दिनमा के गर्न सकिन्छ भन्ने तीन कुरा कृतिमा समेटिएको उहाँले जानकारी दिनुभयो । हामीले कृषिलाई संस्कारकै रूपमा अघि बढाउने हो भने आर्थिक उन्नतिमा धेरै समय नलाग्ने बताउँदै औद्योगिकीकरणको परिभाषा र व्यवहार नै परिर्तन गर्नुपर्नेमो उहाँको जोड थियो । इतिहासमा भएको जस्तो सामन्ती अन्यायबिना नै गाउँ खाली हुनु दुःखद भएको उहाँले बताउनुभयो ।
कृति बेला पब्लिकेसनले बजारमा ल्याएको हो ।
कार्यक्रममा अर्जुन पोखरेल, डा. लक्ष्मीशरण अधिकारी, भरतमणि भट्टराई, डा. श्रीकान्त खतिवडा, दीपेन्द्र बस्ताकोटी, डा. कपिल अधिकारी, लीलाराज लोहनी, गेहेन्द्रेश्वर कोइराला, गोविन्द केसी, दुर्गाबहादुर शाह ‘बाबा’, ध्रुव केसी, विमला तिमिल्सिनालगायतले टिप्पणी गरेका थिए ।

कार्यक्रमको सञ्चालन सहसचिव दीपक पराजुलीले गर्नुभएका् थियो ।

सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला