चलचित्र पत्रकार संघको नेतृत्वमा पुनः समिर बलामी

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार राति सम्पन्न संघको १०औँ महाधिवेशनबाट समिर बलामी दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीलाई पराजित गर्दै नेतृत्व सम्हाल्ने अवसर पाउनुभएको हो ।
निर्वाचनबाट उपाध्यक्ष (संगठन) मा रघुनाथ सापकोटा, उपाध्यक्ष -कार्यक्रम)मा कुमार आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ भने उपाध्यक्ष (महिला) तर्फ दिपज्योति थापा निर्वाचित हुनुभएको छ ।

संघको महासचिवमा गोपीकृष्ण चापागाई, सचिवमा मदन रिजाल निर्वाचित हुनुभयो । सचिव (समावेशी) तर्फ महम्मद जालिम निर्विरोध निर्वाचित हुनुभएको छ ।
त्यसैगरी, कोषाध्यक्षमा मनिष अन्जान, सहकोषाध्यक्षमा अर्जुन गुरागाईं विजय हुुनुभयो ।

संघको सदस्य पदमा ८ जना सदस्यहरू निर्विरोध निर्वाचित भए, जसमा सोजना विक लोहार, सुशील नेपाल, दिनेश थापा, नवीन चापागाईं, रतनबहादुर चन्द, युवर्ण पौडेल, दिपराज क्षेत्री र सालिकराम न्यौपाने छन् ।

नवनिर्वाचित कार्यसमितिले आगामी तीन वर्षसम्म चलचित्र पत्रकारिताको व्यवसायिक विकास, पत्रकारहरूको हकहित र उत्थानका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला