नयाँ वर्षमा प्रदेश प्रमुख भट्टको शुभकामना सन्देश : “राष्ट्रको आजको प्राथमिकता आपसी मेलमिलाप, स्थायी शान्ति र दीगो विकास हो”

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १ वैशाख । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले राष्ट्रको आजको प्राथमिकता आपसी मेलमिलाप, स्थायी शान्ति र दीगो विकास रहेको उल्लेख गर्नुभएको छ ।
नयाँ वर्ष २०८३ साल आगमनको अवसरमा शुभकामना सन्देश जारी गर्दै भट्टले प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु साझा लक्ष्य रहेको बताउनुभयो ।

“हरेक नयाँ वर्षलाई हामीले विगतको समीक्षा गर्ने र नयाँ संकल्पका साथ अगाडि बढ्ने अवसरका रूपमा ग्रहण गर्ने गर्दछौँ । त्यसैले, नव वर्ष सुखद् आशा, अपेक्षा र उमङ्गको उत्सव हो ।” उहाँले भन्नुभएको छ – “बितेको वर्षको तितामीठा अनुभवलाई शिक्षाका रुपमा लिँदै नयाँ वर्षमा जोश, उमङ्ग र उत्साहका साथ आ–आफ्नो कार्यक्षेत्रमा जुट्दै राष्ट्र पुनर्निमाण, राष्ट्रिय समृद्धि र सुशासनका निम्ति जुट्न सक्नुपर्छ ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप मजबुत बनाउँदै मुलुकको प्रतिष्ठा अभिवृद्धि गरी समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु हामी सबैको सर्वाेपरी लक्ष्य रहनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
शुभकामना सन्देशमा भनिएको छः “यस साझा लक्ष्यलाई प्राप्त गर्न हामी सबै नेपालीबीच एकता, पारस्परिक मेलमिलाप, भाइचारा र सौहार्दपूर्ण भावनालाई अभिवृद्धि गर्न आवश्यक छ । मुलुकलाई अगाडि बढाउन सबै दलहरूका बीचमा सहकार्य र सहमतिको संस्कृति विकास र विस्तार हुनेमा विश्वस्त छु ।”
लोकतन्त्रको उच्चतम अभ्यास गर्न, लोकतान्त्रिक विधि, पद्धति र प्रक्रिया लागू गर्नका लागि निरन्तर प्रयत्नशील रहन एवं संवैधानिक मूल्य, मान्यता र नैतिकतालाई आत्मसात् गर्न नयाँ वर्षले सबैलाई प्रेरणा मिलोस् भन्दै उहाँले शुभकामना व्यक्त गर्नभएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला