पोखरा ।बेगनासताल बराह क्षेत्र विकास संस्था, पोखरा महानगरपालिका–३१, बेगनासको वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा सुरेन्द्र सापकोटा निर्विरोध निर्वाचित हुनुभएको छ ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा भुवनेश्वर कडेल, सचिवमा प्रदीप राज कडेल, सह–सचिवमा संकल्प कंडेल र कोषाध्यक्षमा सीता हिमाल निर्विरोध चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा विष्णु माया कंडेल, ओम कुमारी बराल, फणीन्द्र कंडेल, रमेश कंडेल, ज्ञानु जलारी र केशवराज तिवारी निर्वाचित हुनुभएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३१ का अध्यक्ष ढकनाथ कंडेलले बेगनासताल क्षेत्रको विकासले धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने उल्लेख गर्दै यसका लागि सबै सरोकारवाला निकायहरू सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
उक्त कार्यक्रममा वडा सदस्यहरू देवेन्द्रराज अधिकारी र विनोदमणि लामिछाने, साथै बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष मित्रलाल भण्डारी , समाजसेवी गङ्गाराम सुबेदी, बिरभद्र कडेल , संस्थापक अध्यक्ष वुद्दिनाथ कंडेल लगायतले आ–आफ्ना धारणा सहित शुभकामना व्यक्त गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष विष्णु सुवेदीले अध्यक्षता भएको उक्त कार्यक्रमको सञ्चालन सस्थाका सचिब सुर्य तिवारीले गर्नुभएको थियो ।














