पोखरा । भाट बन्धुहरुले संचालन गरेको पोखराको पवित्र वचत तथा ऋण सहकारी संस्थाले आन्तरिक पर्यटन प्रर्वद्धनको लागि कालिन्चोक भगवती, हलेसी महादेव र ऐतिहासिक सिन्धुली गढीको अवलोकन गरी ४ दिने भ्रमण सम्पन्न गरेको छ ।
कार्यबहाक अध्यक्ष चन्द्रु रानाभाटको नेतृत्व, सचिव एकेन्द्र वञ्जरा र लेखनाथ रानाभाटको संयुक्त संयोजकत्वमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना गरिएको उक्त अवलोकन भ्रमणमा सय भन्दा धेरै शेयर सदस्यहरु सहभागी भएका थिए ।
सो अवसरमा पहिलो दिन चरिकोट, दोश्रो दिन कालिञ्चोक भवगतीको मन्दिर र भिमेश्वर महादेव मन्दिर दर्शन, तामाकोशी, सुनकोशी नदिको किनारै किनार मन्थली हुँदै कालिन्जोरको खुकोर्ट, तेश्रो दिन ऐतिहासिक हलेसी महादेव मन्दिर दर्शन र चौथो दिन सिन्धुली गढी र हेटौडाको शहिर स्मारक पार्कको अवलोकन गरी भ्रमण सम्पन्न गरिएको थियो ।
सहकारीले शेयर सदस्यहरुलाई वर्षको एक पटक अवलोकन भ्रमण गराउँदै आएको वताउँदै यसले नेपालका ऐतिहासिक स्थालहरुको प्रचारप्रसार भई पर्यटनको विकासमा टेवा पुग्ने पुर्व अध्यक्ष शिवबहादुर रानाभाटले वताउनुभयो ।
पवित्र सहकारी २०६८ सालमा रानाभाट तथा भाट समाज नेपाल पश्चिमाञ्चल क्षेत्रिय समितिको पहलमा रानाभाट वन्धुहरुको छरिएर रहेको पैसा सहकारी मार्फत वचत गर्ने वानीको विकास गर्नुका साथै भाईचाराको अभिवृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको सहकारीका संस्थापक सचिव तथा सल्लाहकार कृष्ण रानाभाटले शेयर सदस्यहरुलाई वताउनुभएको थियो ।














