२१ औं संस्करणको फेवा नव वर्ष महोत्सव चैत २९ देखि

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, चैत्र ६ । होटल संघ पोखरा नेपालले २१ औं संस्करणको फेवा नव वर्ष महोत्सवको तयारी अगाडि बढाएको छ । संघको हालै सम्पन्न बैठकले २९ चैतदेखि बैशाख १ गतेसम्म लेकसाइडको सडकमा यो महोत्सव संचालन गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिंदै हरेक वर्ष झैं यसपटक पनि महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

महोत्सवको तयारीका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको संयोजक सुवेदीले बताउनुभयो ।
संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ र द्वितीय उपाध्यक्ष गणेशराज पहारीलाई महोत्सवको सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

जेन–जी आन्दोलन र त्यसपछि सम्पन्न आम चुनावसँगै अबका दिनमा आर्थिक गतिविधि चलायमान बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न महोत्सवले सघाउने विश्वास संघले लिएको छ ।

अंग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ वर्षलाई पनि भव्यताका साथ मनाउँदै फेवा तालको संरक्षणमा समेत सकारात्मक सन्देश प्रवाह गर्ने उद्धेश्य महोत्सवले बोकेको अध्यक्ष सुवेदीले बताउनुभयो ।

महोत्सवका अवसरमा दोहोरी तथा गीत संंगीतका कार्यक्रम, पप कन्सर्ट, नाचगान र अन्य मनोरञ्जनात्मक प्रस्तुतीहरु समेटिने छन् ।

महोत्सवको उद्घाटन अघि झाँकीहरुको र्‍यार्ली निकालिने छ । महोत्सवको प्रचारका लागि यही चैत ९ गतेदेखि १३ गतेसम्म संघले पूर्वी नेपालका विभिन्न शहरमा “जाउँ है पोखरा” कार्यक्रम आयोजना गरी महोत्सवमा सहभागिताका लागि निमन्त्रणा प्रदान गर्ने छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला