रोमान्टिक केमेस्ट्रीले सजिएको ‘बुलेट बाइकमा’, सार्वजनिक भएको केही दिनमै लाखौं दर्शकको रोजाइ (भिडियो सहित)

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं, फागुन ४ । नेपाली साङ्गीतिक क्षेत्रमा पछिल्लो समय नयाँ–नयाँ सिर्जनाहरु आउने क्रम जारी रहेको छ। यसैक्रममा प्रेम र रोमान्सको नयाँ स्वाद बोकेको म्युजिक भिडियो ‘बुलेट बाइकमा’ सार्वजनिक भएको छ।

चर्चित टिकटकर रवि चन्द ठकुरी र कविता नेपालीको आकर्षक अभिनय रहेको यस भिडियोले छोटो समयमा नै दर्शकको मन जित्न सफल भएको छ ।

१४ फेब्रुअरी अर्थात् “भ्यालेन्टाइन डे”को अवसर पारेर सार्वजनिक गरिएको यस भिडियोले छोटो समयमै युट्युवमा १ लाखभन्दा बढी भ्यूज पार गरिसकेको छ।

यस गीतमा टेक बिसी र सिमरन परियारको सुमधुर स्वरले प्रेमिल भावनालाई जीवन्त बनाएको छ। यस गीतको शब्द तथा संगीत सन्तोष सुनारले तयार पार्नुभएको हो भने संगीत संयोजन Anxmus ले गरेको हो।

मिक्सिङ र मास्टरिङ चर्चित संगीतकर्मी बृजेश श्रेष्ठले गर्नुभएको छ । विशाल काइनीको कोरियोग्राफी र सान थापाको निर्देशनमा बनेको यस म्युजिक भिडियोमा रवि र कविताको केमेस्ट्री आकर्षक ढंगले प्रस्तुत गरिएको छ।

यस भिडियोको छायाङ्कन नवराज उप्रेतीले गर्नुभएको हो भने सम्पादन विवेक सुनार र कलर संयोजन मिलन विश्वकर्माले गर्नुभएको छ।

भिडियोमा बुलेट बाइकमा घुमाउन लैजान गरिएको आग्रह र नृत्यले दर्शकलाई मनोरञ्जन प्रदान गरेको छ ।

विषेशगरी यस गीतको भिडियोमा रहेको दृश्य, संगीत र अभिनयको सन्तुलित संयोजनले यसलाई युवापुस्तामाझ अझ लोकप्रिय बनाउने संकेत देखिएको छ।

रवि चन्द ठकुरीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो भिडियोले प्रेमलाई ‘स्पिड’ र ‘स्टाइल’ दुवै दिएको प्रतिक्रिया दर्शकबाट पाइरहेको छ।

अहिलेको डिजिटल युगमा प्रेम कथालाई नयाँ शैलीमा प्रस्तुत गरेको ‘बुलेट बाइकमा’ बोलको यो गीतले नेपाली म्युजिक भिडियो क्षेत्रमा अर्को सफल कडी थपेको देखिन्छ।

 

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला