एगा पोखराको अभिमुखीकरण तालिम

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १८ चैत । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन-एगा) पोखराको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकासँगको सहकार्यमा एगा सम्बद्ध व्यवसायीलाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ ।
तनहुँको भानु नगरपालिका वडा नं ९ चितीखोलास्थित ग्रिन हिमालय फार्म स्टेमा आयोजित अभिमुखीकरणमा ४० जनाको सहभागिता थियो ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पर्यटकहरूले हस्तनिर्मित सामाग्रीहरू उपहारका रुपमा लैजाने बताउँदै त्यस्ता समाग्री तयार गर्नेतर्फ जोड दिन आग्रह गर्नुभयो । पोखरा पर्यटनको राजधानी भएको बताउँदै उहाँले यहाँ आउने पर्यटकलाई लक्षित गरी समाग्रीहरू तयार गर्नेतर्फ ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले समाज प्रविधिमा फड्को मारिसकेको बताउँदै डिजिटल मार्केटिङमा जोड दिनुपर्ने बताउनुभयो । तालिमका सिकाइलाई व्यवहारमा उतार्न उहाँले आग्रह गर्नुभयो
एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले संस्थाका सदस्यहरूको क्षमता अभिबृद्धिमा सहयोग पुर्‍याउने लक्ष्यका साथ अभिमुखीकरण तालिम आयोजना गरिएको बताउनुभयो ।
अध्यक्ष लम्सालको सभापतित्व एवम् सचिव माया सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष गीता ढकाल पौडेलले गर्नुुभएको थियो कार्यक्रम संयोजक एवम् सहसचिव सुरेन्द्र पौडेलले कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो ।
सहभागीलाई डिजिटर मार्केटिङ र ग्राहक पहिचान एवम् डिलिङ सम्बन्धमा पर्यटन विज्ञ दीपेन्द्र पहारी र तनाव व्यवस्थापन सम्बन्धमा सीता पौडेलले अभिमुखीकरण तालिम प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा एगा पोखराका संस्थापक अध्यक्ष वेदप्रसाद पाण्डे, पूर्व अध्यक्षहरू चिरञ्जिवी पोखरेल, कृष्णकुमार श्रेष्ठ, जीवनाथ गौतम, विश्वराज पोखरेल लगायतको सहभागिता थियो ।
कार्यक्रमका सहभागीले भानु नगरपालिका वडा नं ९ चितीखोलास्थित कडरिया एकिकृत कृषि फर्म, नक्षत्र बाटिका लगायतका स्थलहरूको अवलोकन गरेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला