‘कुमारी’ र ‘जीवन काँडा कि फूल’ चैत ११ र १२ मा

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । चलचित्र विकास बोर्डले आयोजना गर्न लागेको विशेष महिला सशक्तीकरण कार्यक्रमको मिति सरेको छ । प्राविधिक कारणले निर्धारित मितिमा हुन नसकेको उक्त कार्यक्रम अब आगामी चैत ११, १२ र १३ गते सञ्चालन हुने बोर्डले जनाएको छ । कार्यक्रमको नयाँ तालिका अनुसार चर्चित चलचित्रहरू ‘कुमारी’ र ‘जीवन काँडा कि फूल’ प्रदर्शन गरिनेछ ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्डको महिला सशक्तीकरण समितिले आयोजना गर्ने भनिएको विशेष कार्यक्रम यसअघि फागुन २८, २९ र ३० गते आयोजना गर्ने तय गरिएको उक्त कार्यक्रम विविध कारणले चैत्र ११, १२ र १३ गते का लागि सारिएको चलचित्र विकास बोर्डले जनाएको छ ।

चलचित्र हेर्न इच्छुक भई बोर्डसँग सम्पर्क गरिसकेका चलचित्रकर्मीलाई पर्न गएको असुविधाप्रति बोर्डले क्षमायाचना समेत गरेको छ ।

कार्यक्रमअन्तर्गत पहिले प्रदर्शनका लागि तय गरिएका चलचित्र ‘कुमारी’ र ‘जीवन काँडा कि फूल’ क्रमशः २०८२ साल चैत्र ११ र १२ गते प्रदर्शन गरिने जनाइएको छ ।

बोर्ड अध्यक्ष दिनेश डीसीले प्रदर्शन गर्न लागिएका ती दुई फिल्मले महिला सशक्तीकरण, मर्म र संघर्षको कथा प्रस्तुत गर्ने बताउदै ती फिल्ममार्फत महिला सशक्तीकरणको सन्देश दिन लागिएको जनाउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला