छोरी शिवताको स्मृतिमा चित्रकार रागिनीद्वारा शैक्षिक सामग्री वितरण

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौँ, माघ २३ । वरिष्ठ चित्रकार एवं नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी पूर्व कूलपति रागिनी उपाध्यायले आफ्नी दिवङ्गत छोरी शिवताको स्मृतिमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।
छोरीको स्मृति दिवसको अवसर पारेर माघ २१ गते बिहीबार झापा र मोरङका विभिन्न विद्यालयमा पुगी उहाँले सहयोग हस्तान्तरण गर्नुभएको हो ।

उहाँले श्री बाल आधारभूत विद्यालय, कचनकवल–६, झापा, श्री ग्राम देवता आधारभूत विद्यालय, रंगेली, मोरङमा विद्यार्थीहरूलाई झोला वितरण गर्नुभयो । यसबाट १०० बढी विद्यार्थीहरू लाभावन्तित भएको उहाँले जानकारी दिनुभयो ।
उपाध्यायका अनुसार ती विद्यालयहरूमा अध्ययनरत आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय झोला लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो ।

‘कलिलो उमेरमै छोरीलाई गुमाउनु पर्दाको पीडालाई शक्तिमा बदल्न र विपन्न बालबालिकाको अनुहारमा खुसी छर्न यो अभियान निरन्तर जारी रहनेछ,’ उपाध्यायले भन्नुभयो ।

शिवता लभ फाउन्डेशनको सक्रियता
छोरी शिवताको अल्पायुमै गम्भीर रोगका कारण निधन भएपछि उहाँको सम्झनामा ‘शिवता लभ फाउन्डेशन’ स्थापना गरिएको थियो । उक्त फाउन्डेशनमार्फत रागिनीले हरेक वर्ष छोरीको स्मृति दिवसमा देशका विभिन्न दुर्गम तथा विपन्न क्षेत्रका विद्यार्थीहरूलाई शैक्षिक सहयोग प्रदान गर्दै आइरहनुभएको छ ।

रागिनी उपाध्याय नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको इतिहासमा पहिलो महिला कुलपति समेत हुनुहुन्छ ।
कला क्षेत्रसँगै उहाँ सामाजिक सेवामा पनि उत्तिकै सक्रिय रहँदै आइरहनुभएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला