कान्स फिल्म फेस्टिभलमा नेपालको स्टलमार्फत फिल्म, पोस्टर, ट्रेलरको प्रचारप्रसार गर्न पाइने

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौँ, फागुन २६ । ७९औँ कान्स फिल्म फेस्टिभलमा नेपालले औपचारिक रूपमा सहभागिता जनाउने भएको छ । आगामी मे १२ देखि २३ सम्म फ्रान्सको कान्स शहरमा आयोजना हुने उक्त प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा चलचित्र विकास बोर्डले नेपालको तर्फबाट सहभागिता जनाउने जनाएको छ ।

नेपाली चलचित्र क्षेत्रको प्रवद्र्धन, अन्तर्राष्ट्रिय सहकार्य विस्तार तथा नेपाली चलचित्र र चलचित्रकर्मीलाई विश्वस्तरमा पहुँच दिलाउने उद्देश्यले यो सहभागिता तय गरिएको बोर्डले जनाएको छ ।

जसअनुसार, चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको सहकार्यमा फेस्टिभल स्थलमा नेपालको स्टल (बुथ) पनि राखिनेछ ।

कान्समा गएर आफै फेस्टिभलमा व्यक्तिगतरूपमा सहभागी हुने नेपाली चलचित्रकर्मीले बोर्डको उक्त स्टलमार्फत आफ्ना चलचित्र, पोस्टर, ट्रेलर तथा अन्य प्रचार सामग्री अन्तर्राष्ट्रिय दर्शक, वितरक र सम्भावित सहकार्यकर्तासमक्ष प्रदर्शन तथा प्रचार–प्रसार गर्न सक्ने भएका छन् ।

फेस्टिभलमा व्यक्तिगतरुपमा उपस्थित हुन नसक्ने फिल्मकर्मीले भने आफ्ना प्रचारसामग्री बोर्डमार्फत पेश गर्नुपर्ने जनाइएको छ ।
फेस्टिभलमा सहभागी हुन इच्छुक चलचित्रकर्मीहरूलाई चलचित्र विकास बोर्डसँग समन्वय गर्न पनि अनुरोध गरिएको बोर्ड अध्यक्ष दिनेश डीसीले जानकारी दिनुभयो ।

फोटो: जेमिनाई एआई

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला