पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघद्धारा २०८३ सालको भित्तेपात्रो विमोचन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, ७ चैत । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीले आफ्नो वार्षिक कार्यक्रम अनुसार आगामी वर्ष २०८३ को भित्तेपात्रो – क्यालेन्डर ) विमोचन गरेको छ । नयाँबजारस्थित स्काउट भवनमा आज ( शनिबार ) भित्तेपात्रो सार्वजनिक गरिएको हो ।
नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष एवं संघका पूर्व अध्यक्ष उदयबहादुर केसीले व्यवसायीहरूबीचको एकता र संस्थागत विकासमा यस्ता गतिविधिले ऊर्जा थप्ने बताउनुभयो ।

संघका अध्यक्ष चिन्तामणि खरेलले भित्तेपात्रो प्रकाशनमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै उक्त पात्रो प्रत्येक व्यवसायीको पसल र हात–हातमा पुर्‍याइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो “यो भित्तेपात्रो केवल मिति हेर्ने साधन मात्र नभई व्यवसायीहरूका लागि उपयोगी जानकारीको स्रोत समेत बन्नेछ भन्ने हामीले विश्वास लिएका छौँ।”

साथै, अध्यक्ष खरेलले आगामी नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा सम्पूर्ण व्यवसायी साथीहरूमा सुख, समृद्धि, सुस्वास्थ्य र व्यावसायिक सफलताको हार्दिक शुभकामना समेत व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा संघका सल्लाहकारहरू, आजीवन सदस्यहरू, विभिन्न तहका पदाधिकारीहरू तथा साधारण सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो । संघले भित्तेपात्रो प्रकाशनका लागि सहयोग गर्ने दाता, विज्ञ र शुभेच्छुकहरूप्रति विशेष आभार प्रकट गरेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला