दीपशिखा पुस्तकालय र टीआइसी तालचोक विच सम्झौतापत्रमा हस्ताक्षर

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिकावडा नं २९ मा अवस्थित दीपशिखा सामुदायिक पुस्तकालय र त्रिवेणी इन्टरनेशनल कलेज टिआईसी पोखरा–२७, तालचोक विच सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम एक समारोहका विच सम्पन्न भएको छ ।
दीपशिखा सामुदायिक पुस्तकालयको सभाहलमा सोमवार भएको सम्झौतापत्रमा त्रिवेणी इन्टरनेशनल कलेजका प्रमुख डिल्लिराम पौडेल, कलेज सञ्चालक समितिका अध्यक्ष सुमन भट्टराई,उपप्राध्यापक शिबचन्द्र घिमिरे, सल्लाहकार छत्रधर आत्रेय, बाबुराम गिरी तथा पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी लगायत कार्यसमितिका पदाधिकारीहरू, लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारीहरूको उपस्थितिमा हस्ताक्षर गरी एक एक प्रति आदानप्रदान गरिएको थियो ।

उक्त अवसरमा बोल्दै कलेज सञ्चालक समितिका अध्यक्ष सुमन भट्टराईले सहमति ज्ञान, सहकार्य र सामाजिक उत्तरदायित्वको साझा यात्रातर्फ उन्मुख एक अर्थपूर्ण आरम्भ भएको वताउनुभयो ।
क्याम्पस प्रमुख डिल्लिराम पौडेलले कलेज, विद्यार्थी र पुस्तकालयबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै पारस्परिक सहयोग, स्रोत आदान–प्रदान तथा बौद्धिक समृद्धिको नयाँ सम्भावना उजागर गर्ने विश्वास गर्नुभयो ।

पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीले यस सहकार्यले भविष्यमा सिर्जनशीलता, अनुसन्धान र सामाजिक चेतनाका क्षेत्रमा थप ऊर्जा प्रदान गर्ने अपेक्षा गर्नुभएको थियो ।
सहकार्यका आधार बुदागत रुपमा राख्दै प्रमुख पौडेलले विद्यार्थीहरूमा अध्ययनप्रति आकर्षण अभिवृद्धि गर्दै पठन संस्कृतिको विकासमा उल्लेखनीय टेवा पु¥याउने विश्वासका साथ सुसंस्कृत समाज निर्माणतर्फ यो कदम प्रेरणादायी बन्ने अपेक्षा गरिएको धारणा राख्नुभएको थियो ।
पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष माधव भण्डारी र लेखनाथ उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष गोपीचन्द्र वास्तोलाले आआफ्ना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला