मेयर बालेनको जन्मदिनमा कविता संग्रह ‘अश्र’ सार्वजनिक
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले जन्मदिन पारेर कविता संग्रह ‘अश्र’ सार्वजनिक गर्नु भएको छ ।
संग्रहमा पहिलो खण्डमा प्रेम, दोस्रो खण्डमा प्रेम वियोग, तेस्रो खण्डमा राजनीति र चौथो खण्डमा दर्शन सम्बन्धी छोटा–छोटा १९५ कविता र तिनका चित्र स्केच रहेको छ ।
हार्ड कभर संस्करणमा प्रकाशन भएको अश्रको ६६६/- रुपैयाँ मूल्यको कवितासंग्रह बुकहिल पब्लिकेसन प्रालिले प्रकाशन गरेको हो ।
उसो त बालेनको र्याप गायक, संगीतकार तथा लेखकसमेत परिचय छ । संग्रहमा राजनीतिका शीर्ष पात्रलाई व्यंग्य गर्दै कविता संग्रह अश्रमा लेखिएको छ ।
मलाई नेता मन पर्दैन
तिमीलाई नि त मन पर्दैन
मलाई एउटा मन पर्दैन
तिमीलाई यी त मन पर्दैन
तिमीलाई केपी ओली मन पर्छ
मलाई बोली मन पर्दैन
तिमीलाई शेरबहादुर मन पर्छ
मलाई टोली मन पर्दैन
तिमीलाई प्रचण्ड मन पर्छ
मलाई गोली मन पर्दैन
शान्तिको दशैं मन पर्छ
रगतको होली मन पर्दैन
मलाई देश मन पर्छ
तिमीलाई के मन पर्दै छ ?