अपाङ्गता भएका व्यक्तिहरुकालागि नेतृत्व विकास, तालिम तथा विविध सामग्री वितरण

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १६ असार । अपाङ्गता भएका व्यक्तिहरुकालागि पोखरा–१ बगरमा नेतृत्व विकास, तालिम तथा विविध सामग्री वितरण गरिएको छ ।
आवाजविहिन जनताको साथी संस्था, पोखरा नेपालको आयोजना र पोखरा महानगरपालिका वडा नं. १ अपाङ्गता सञ्जालको सहकार्य तथा वडा नं. १ को कार्यालयको आर्थिक सहयोगमा सो कार्यक्रम भएको हो ।

सो अवसरमा नेतृत्व विकास , अपाङ्गता सम्बन्धी कानुनी व्यवस्था, उपलब्ध सेवा सुविधा र अपाङ्गता भएका बालबालिकाको लागि सम्भावना र चुनौती विषयमा सहजिकरण गरिएको थियो ।
अधिवक्ता विष्णु खनाल, श्रीकान्त सापकोटा र संस्थाका अध्यक्ष शोभा पौडेलले सहजिकरण गरेका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले अपाङ्गता भएका व्यक्तिलाई दया र माया नभई अवसर र अधिकारको खाँचा रहेको औंल्याउनुभयो । उहाँले अपाङ्गतालाई आर्थिक समस्यासँग मात्रै जोडिएका समस्या आफूकहाँ आउने गरेको बताउदै न्यायिक समितिको अधिकार क्षेत्रभित्र अपाङ्गता भएका व्यक्तिहरुका सबाल पनि पर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सामाजिक विकास कार्यालय कास्किका प्रमुख इन्द्र बहादुर थापाले अझै पनि ग्रासरुटमारहेका अपाङ्गता भएका व्यक्तिहरूका समस्या राज्यले संबाेधन गर्न नसकेको स्विकार्नुभयो ।
वडा नं १का वडा अध्यक्ष साहारा प्रधानले अपाङ्गता भएका व्यक्तिहरूका समस्या संबाेधन गर्न आँफू दिलो ज्यान दिएर अघि बढ्ने बताउनुभयो ।
आयोजक संस्थाकि अध्यक्ष शोभा पौडेलले राज्य र राज्यका अंगहरूले साथ दिइएमा आँफूहरूमा उर्जाको सञ्चार हुने र अपाङ्गता भएका व्यक्तिहरूको पक्षमा हिम्मतका साथ क्रियाशिल हुने प्रेरणा मिल्ने उल्लेख गर्नुभयो ।
आयोजक संस्थाका अध्यक्ष शोभा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. १ भित्र बसोबासन गर्ने करिव ३५ जना अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री, शैक्षिक सामग्री, मल बिउविजन, औषधी, कुखुराका चल्ला, दाना वितरण गरिएको थियो ।
वि.स. २०६६ सालमा स्थापित आवाजविहिन जनताको साथी संस्थाले समाजमा भएका अपाङ्गता भएका व्यक्ति र सिमान्तकृत वर्गको आवाजको रुपमा उल्लेखनीय कार्य गर्दै आएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला