नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन गठबन्धन अझै केही वर्ष टिक्छ

Subi Gurung
  • ख-
  • ख+

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले गठबन्धनलाई अझै केही वर्ष निरन्तरता दिइने बताएका छन्। पार्टीबाट उम्मेदवार भई स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई कमलपोखरीस्थित कुमारी हलमा आज आयोजित प्रशिक्षणमा नेता पुनले गठबन्धन केही वर्ष टिक्ने बताए।

‘यो गठबन्धन अझै केही वर्ष टिक्छ,’ उनले भने, ‘गठबन्धन बनाउनुपर्ने परिस्थितिका कारण गठबन्धन गरिएको थियो।’बुधबार यही प्रशिक्षणमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने ’नेपाली कांग्रेसमा दम्भ र अहंकार देखियो भने नेकपा एमालेलाई जस्तै ठेगान लगाउन सकिने’ चेतावनी दिएका थिए। तर प्रचण्डले प्रधानमन्त्रीमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई नै निरन्तरता दिइने पनि बताएका थिए। माओवादीबाट निर्वाचित प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई माओवादीले स्थानीय सरकार सञ्चालनलगायत विषयमा प्रशिक्षण दिएको हो। प्रशिक्षणमा दुई सय ४९ जना जनप्रतिनिधि सहभागी छन्। माओवादीले १२१ पालिका प्रमुख जितेको थियो।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला