‘भुल भुलैया २’को सफलतापछि कार्तिकले बढाए पारिश्रमिक

  • ख-
  • ख+

बलिउड अभिनेता कार्तिक आर्यन स्टारर फिल्म ‘भुल भुलैया २’ले अहिले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको छ । दक्षिण भारतीय फिल्मको दबदबा बढिरहेको बेला यो फिल्म सय करोड क्लबमा प्रवेश गरेको छ । अब ‘भुल भुलैया २’को सफलतापछि अभिनेता कार्तिक आर्यनले आफ्नो पारिश्रमिक बृद्धि गर्ने भएका छन् । यसअघि फिल्ममा अभिनय गरेबापत १५ देखि २० करोड भारु पारिश्रमिक लिंदै आएका कार्तिकले अब एक फिल्मको ३५ देखि ४० करोडसम्म लिने भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्  ‘भुल भुलैया २’पछि कार्तिक चाँडै फिल्म ‘शहजादा’मा देखिंदैछन् । यो फिल्ममा कार्तिकका साथ कृति सेनन पनि मुख्य भूमिकामा देखिनेछिन् । यो तेलुगू फिल्म ‘अला वैकुण्ठपुरमुलु’को रिमेक हो । फिल्ममा मनिषा कोइराला र परेश रावलले पनि अभिनय गरेका छन् । भुल भुलैया २’अघि कार्तिक फिल्म ‘धमाका’मा देखिएका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला