प्रगतिटोलमा रक्तदान कार्यक्रम सम्पन्न, ३१ युनिट रगत सङ्कलन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, असार ७ । पोखरा महानगरपालिका वडा नं. १. चाउथेस्थित प्रगतिटोलमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्रगति नमूना ऋण तथा बचत सहकारी संस्था र प्रगतिटोल नमूना आमा समूहको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा ३१ युनिट रगत सङ्कलन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष बोधबहादुर कार्कीले मानवीय सेवामा रक्तदानको महत्त्व विशिष्ट रहने भन्दै यस्ता सामाजिक कार्यहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो ।

प्रगतिटोल नमूना आमा समूहकी अध्यक्ष शर्मिला श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा उहाँले “रक्तदान नै जीवनदान हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै अमूल्य रगत दान गर्नुहुने सम्पूर्ण रक्तदाता महानुभावहरूलाई हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्नुभयो ।

कार्यक्रमको सञ्चालन प्रगति नमूना ऋण तथा बचत सहकारी संस्थाका अध्यक्ष मनबहादुर भुजेलले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला