छोरेपाटन माविमा नवआगन्तुक विद्यार्थीको स्वागत: ‘अनुशासन र चौतर्फी विकासमा जोड’

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १ असार । पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई सोमबार एक कार्यक्रमका बीच स्वागत तथा अभिमुखीकरण गरिएको छ ।
सो अवसरमा भनाई राख्दै शिक्षक अभिभावक संघका अध्यक्ष इन्द्रबहादुर खत्रीले छोरेपाटन गण्डकी प्रदेशकै नमूना शैक्षिक संस्था रहेको जनाउँदै विद्यार्थीलाई अनुशासीत बन्न सुझाउनुभयो ।

प्रधानाध्यापक डिल्लीराम शर्मा भुषालले विद्यार्थीलाई नियमित पठनपाठनमा ध्यान दिन आग्रह गर्दै विद्यार्थीको चौतर्फी विकासमा विद्यालय चनाखो रहेको स्पष्ट पार्नुभयो ।
सहायक प्रधानाध्यापक खेमराज बरालले विद्यार्थीलाई भविष्य ख्याल गरी अध्ययन गर्न सुझाव दिर्दै पठनपाठनका अलवा अतिरिक्त क्रियाकलापलाई पनि विद्यालयले महत्व दिर्दै आएको प्रष्टाउनुभयो ।

अर्का सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले विद्यालयमा पठनपाठनको वातावरण राम्रो रहेको उल्लेख गर्दै विद्यार्थीले असल साथीको संगत गनुपर्ने भनाई राख्नुभयो ।
त्यस अवसरमा शिक्षक इन्द्रप्रसाद दाहाल, पूर्व विद्यार्थी ई. सूचना रिजाल लगायतले पनि धारणा राख्नुभएको थियो ।
कार्यक्रमका बीच विद्यार्थीलाई कलम, विद्यालयको वार्षिक मुखपत्र ज्योत्स्ना तथा क्यालेण्डर प्रदान गरी स्वागत गरिएको थियो ।

विद्यालयमा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, शिक्षा तथा सामाजिक समूह अन्तर्गत पठनपाठन हुने गर्दछ ।
व्यवस्थापन, होटल व्यवस्थापन, शिक्षा तथा सामाजिक समूहमा भर्ना भएका विद्यार्थीलाई सोमबार विहान तथा विज्ञान समूहका विद्यार्थीलाई दिउँसो कार्यक्रम गरी स्वागत तथा अभिमुखीकरण गरिएको हो ।
प्रधानाध्यापक डिल्लीराम शर्मा भुषालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले स्वागत तथा शिक्षकद्वय लिलानाथ आचार्य-विमल) र दिपक सुवेदीले कार्यक्रम संचालन गर्नुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला