कास्कीका सिडिओ कुमानसिंह गुरुङलाई लेखनाथ उद्योग वाणिज्य संघद्वारा स्वागत

नगेन न्यूज
  • ख-
  • ख+

लेखनाथ, ८ असार । कास्कीमा हालै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी -सिडिओ) कुमानसिंह गुरुङलाई सोमबार लेखनाथमा स्वागत गरिएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी गुरुङलाई स्वागत गर्दै संघका अध्यक्ष जानुका पराजुली अधिकारीले गुरुङको कार्यकालमा जिल्लामा शान्ति सुरक्षा कायम गराउँदै व्यवसायीहरुले शान्तिपुर्ण वातावरणमा उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था हुने आशा र विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष पराजुलीले अनुगमनका नाउँमा व्यासायीहरुमा डर त्रास सिर्जना गरि हतोत्साही बनाउने कार्य नहुने अपेक्षा गर्दै लेखनाथ क्षेत्रका तालहरुमा हुने दुर्घटनाहरुमा मानिसहरुको ज्यान जाने गरेका वताउँदै त्यसको लागी प्रभावकारी सुरक्षा र उद्धारको व्यवस्थाका लागी पनि अनुरोध गर्नुभयो ।
उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी गुरुङले लेखनाथ क्षेत्रको बारेमा आफु पहिल्यै देखी नै जानकार रहेको वताउँदै यस क्षेत्रसँग आगामी दिनमा सम्बन्ध अझै सुमधुर हुने वताउनुभयो । जिल्लामा लागु पदार्थ दुव्यर्सनी रोक्ने विषयमा, शान्ति सुरक्षा कायम गराउने विषयमा आफुले सक्दो पहल गर्ने वताउनुभयो । प्रमुख गुरुङले कसैलाई पनि असमान व्यवहार हुन नहुनेमा आफु सचेत रहेको वताउँदै व्यवसायीहरुले उयपभोक्ताको अधिकारका विषयमा, राजश्वको विषयमा व्यवसायीहरुले पनि ध्यान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य छत्रधर आत्रेयले विधिसम्मत कार्यहरुमा राज्यबाट व्यवसायीहरुले सदैव न्यायसम्मत अपेक्षा राखेको वताउनुभएको थियो । उहाँले लामो समयदेखी कुरा उठिरहेको औधोगिक क्षेत्रका विषयमा सकारात्मक पहल हुने विश्वास व्यक्त गर्नुभयो ।
उक्त अवसरमा संघका पुर्वअध्यक्ष चतुराखर अधिकारीले प्रमुख जिल्ला अधिकारी गुरुङ यस क्षेत्रमा परिचित र युवा व्यक्तित्व भएको र अहिलेको सरकार पनि त्यहि बाटोमा रहेकोमा अवसर र चुनौती दुवै रहेको वताउनुभयो । उहाँले उहाँको कार्यकालमा मुक्तकण्ठले प्रशंसा गर्ने कार्य गर्न सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला