दीपक मनाङे फिल्म ‘बाघचाल’बाट अभिनयमा डेब्यु गर्दै

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य, पूर्व मन्त्री तथा निर्माता राजिव गुरुङ (दीपक मनाङ्गे)ले पहिलो पटक फिल्ममा अभिनय गर्ने हुनुभएको छ ।
मनाङेको प्रस्तुतिमा एक्सन लभस्टोरी फिल्म ‘बाघचाल’ निर्माण हुने भएको छ ।
तीन नायक र तीन नायिका पात्र रहने फिल्मको शीर्षमध्येको भूमिकामा स्वयं मनाङे समेत देखिने हुनुभएको छ । अभिनयका हिसाबले यो उहाँको डेब्यु फिल्म हुनेछ ।

निर्माता तथा अभिनेता सविन श्रेष्ठका अनुसार फिल्ममा मनाङेले एक विशेष भूमिका निर्वाह गर्नेछन्, जसबारे पत्रकार सम्मेलन मार्फत बताइने भएको छ । फिल्मको तीन नायकमध्ये एकमा सविन हुनेछन् भने बाँकी दुई नायक फाइनल हुन बाँकी छ ।

दुई नायिकामध्ये एकमा अनु शाह हुन सक्ने जनाइएको छ भने अर्की मुम्बईमा रहने नेपालीभाषी अभिनेत्री हुनेछिन् ।
पटकथा शिवम् अधिकारीले लेखेको फिल्मको निर्देशन सम्राट बस्नेतले गर्नुहुनेछ ।

दशैंअघि छायांकन गर्ने तयारी रहेको फिल्मलाई अर्को वर्षको वैशाख १ गते रिलिज गर्ने लक्ष्य राखिएको छ ।

फिल्मको ९० प्रतिशत छायांकन नेपालमा र एक गीतसहित १० प्रतिशत छायांकन अष्ट्रेलियामा हुने अभिनेता श्रेष्ठले जानकारी दिनुभयो ।
सविन ‘बाघ चाल’बाट आफ्नो जबर्जस्त कमब्याक हुनेमा विश्वस्त हुनुहुन्छ ।
पहिलो पटक दीपक मनाङ्गेलाई ठूलो पर्दामा अभिनय गर्दै गरेको हेर्न दर्शकलाई रोचक हुनेछ ।
उहाँले आफ्नो छोरा सिद्धार्थ गुरुङलाई अभिनेताको रुपमा डेब्यू गराउन पहिलो पटक फिल्म ‘वन वे’ बनाउनुभएको थियो । त्यसपछि उहाँ ‘पोइ पर्‍यो काले’ र ‘दुई नम्बरी’मा निर्माताको रुपमा हुनुहुन्थ्यो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला