सेती नदीमा नयाँ प्राकृतिक झरनाको उदय, जोखिम व्यवस्थापनसँगै पर्यटकीय गन्तव्यको सम्भावना

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २ साउन । पोखराको बीच भागबाट भूमिगतरुपमा चट्टान छिचोलेर गहिरो गल्छीभित्र बग्ने सेतीले बर्षैदेखि पर्यटकलाई आकर्षित गर्दै आएको छ । तर अहिले यही नदीको गर्भमा देखिएको एउटा नयाँ प्राकृतिक परिवर्तनले पोखरावासी मात्र नभई भूगर्भविद् र विपद् व्यवस्थापनका सरोकारवालाको ध्यान तान्नुपर्ने अवस्था सिर्जना गरेको छ ।
दुई महिना अघि पोखरा महानगरपालिका वडा नं. १७ र १५ को सीमा आइएनएफतर्फको क्षेत्रमा गएको सुख्खा पहिरोले सेती नदीको वहावमा अवरोध सिर्जना गर्यो । पहिरोले नदीभित्र ठूलो मात्रामा ढुगा माटो र गेग्रान जस्ता नदीजन्य वस्तु थुपारेपछि त्यहा प्राकृतिक बाँध बनेको देखिन्छ । त्यसयता वर्षायाममा आएको बाढीले उक्त बाँधलाई थप मजवुद बनाएको छ ।

अहिले नदीको तल्लो भागबाट पानी सहजरुपमा बग्न नसक्दा बाँधमाथिवाट सेती झरनाका रुपमा परिणत भएको दृश्य देख्न सकिन्छ । हेर्दा यो आकर्षण प्राकृतिक दृश्यजस्तो लागे पनि यसभित्र गम्भीर जोखिम लुकेको हुन सक्ने विज्ञहरुको भनाई छ । सो क्षेत्रमा आज विहानैदेखि स्थानीयहरुको भिड लागेको छ ।

रातोपैह्रा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भगवान पोखरेलका अनुसार बाल्यकालदेखिनै खेलेको यो स्थानमा आजसम्म यस्तो झरना नदेखेको बताउनुभयो । उहाँले भन्नुभयो, नदीको करिव ४० देखि ५० मिटरबाट पानी झरेको कारण भित्रीभागमा ठूलो जलाशय बनेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।
सेतीनदीमा यति ठूलो बाँध बन्नुले माथिल्लो र तल्लो तटिय क्षेत्रमा जोखिम बढाएको पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले बताउनुभयो । बाँधको कारण बनेको तालले दायावाया जमिन खसाल्दा नदी माथिल्लो तटीए क्षेत्रका बासिन्दालाई र बाँध अचानक खोलियो भने तल्लो तटिए क्षेत्रका वासिन्दालाई जोखिम हुने हुँदा सतर्क रहन उहाँले सबैमा आग्रह गर्नुभयो ।

जोखिम कम गर्दै वाँधको व्यवस्थापनमा सम्वन्धित निकायलाई जानकारी गराएको बताउँदै उहाँले भन्नुभयो, अध्ययन अवलोकन गरि तत्कालन निकास निकास निकाल्न पहल गरिने छ । यस क्षेत्रका जनप्रतिनिधि सहित जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी वल तथा वडा प्रहरी कार्यालय बैदामको टोलीले स्थलगत अध्ययन गरि सकेको छ । सो स्थानमा प्राकृतिक बाँध बनेसंगै माथिल्लो तटिय क्षेत्रको रामघाटमा तालनै बनेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला