गायक अनिल विश्वकर्माको “पागल भए म…” सार्वजनिक (भिडियो सहित)

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । गायक अनिल विश्वकर्माको नयाँ गीत “पागल भए म…” सार्वजनिक भएको छ । विहिबार पोखरामा एक कार्यक्रमका बीच गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
पहिलो नेपाल आइडलका विजेता बुद्ध लामाको शब्द संगीत रहेको गीतलाई अनिलले गाउनुभएको हो ।
म्युजिक भिडियोमा प्रज्वल सुजल गिरी र सोफी धरेलको अभिनय छ ।

एसियन म्युजिकको प्रस्तुतिमा निर्माण भएको म्युजिक भिडियोलाई विभोर पोखरेलले निर्देशन गर्नुभएको गीतलाई मिलन शंकरले खिच्नुभएको हो ।
उहाँको कोरियोग्राफीमा नै म्युजिक भिडियो तयार भएको हो ।
म्युजिक भिडियो एसियन म्युजिकको अफिसियल युटुबबाट सार्वजनिक भएको छ । कार्यक्रममा गायक अनिलले ‘पागल भए म…’ आफ्ना लागि पहिलो गीत भएको उल्लेख गर्नुभयो ।

उहाँले यसअघि पनि रेकर्डिङ गरिसक्नुभएको छ । तर म्युजिक भिडियोमा भने पहिलो हो । लामो समय देखि पोखरामा नै रहेर संगीत साधनामा लिप्त अनिल खासै बाहिर आउन नचाहने तर साधनामा अनवरत लागिरहने कलाकार मध्ये एक हुनुहुन्छ ।
अनिल भन्नुहुन्छ ,‘संगीतमा लागेको लामो समय भयो । तर गीतको म्युजिक भिडियो भने बल्ल सार्वजनिक गर्ने अवसर मिलेको छ । मेरा लागि साधना नै सबथोक हो । अब गीतसंगीतको रेकर्डिङमा समेत निरन्तरता दिन्छु ।’

मिलन शंकरले गीतको म्युजिक भिडियो चितवनमा छायाँकन गरिएको जानकारी गराउदैं गीतको भावलाई बुझ्दै छायाँकन पक्षलाई बलियो बनाउने प्रयास गरिएको बताउनुभयो ।

लामो समय काठमाडौंको बसोबास पश्चात मिलन शंकर हाल पोखरामा नै क्रियाशिल हुनुहुन्छ ।
मोडल सोफी धरेलले ‘पागल भए म…’ बाट नयाँ अनुभव संगाल्ने अवसर मिलेको बताउनुभयो ।
पोखरामा भएता पनि पछिल्लो समय उनको म्युजिक भिडियो एक पछि अर्को बजारमा आइरहेको छ ।

पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष तथा संगीतकार सुनील थापाले पोखराका नवप्रतिभाहरुले गीतसंगीत निकाल्दा खुशी लागेको बताउदैं यस्तो कार्यको निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो । पोखराको संगीतलाई माथि उठाउन सबै कलाकार प्रोफेसनल बन्न आवश्यक रहेको उहाँले औंल्याउनुभयो ।
गायक विनोद बानियाँले अनिलको सुरुवात राम्रो भएको र संगीतमा भविष्य रहेको बताउनुभयो । उहाँले पछिल्लो समय मोडलहरुको पारिश्रमिक आवश्यकता भन्दा धेरैले बढ्दा सिर्जना गर्ने कलाकारहरु मर्कामा परेको उल्लेख गर्नुभयो । पारिश्रमिक बढाउन समयलाई पनि ध्यान दिनुपर्ने तर्क उहाँको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला