चर्चित रक ब्याण्ड ‘द स्याडोज नेपाल’ को लाइभ कन्सर्ट पोखरामा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २९ चैत । चर्चित रक ब्याण्ड ‘द स्याडोज नेपाल’ ले पोखरामा नयाँ वर्षमा पोखरामा प्रस्तुती दिने भएको छ ।
पोखराको लेकसाइड स्थित प्याराडिसो स्पोर्ट्स बार एण्ड ग्रिलमा बैशाख २ गते दर्शकहरुलाई तताउँने छ ।

‘द स्याडोज नेपाल’ का चर्चित गीतहरु ‘स्वर्गमा ठाउँ छैन’ ‘नयाँ नेपाल’, ‘हिँड्ने मान्छे लड्छ’, ‘धर्ति माथिको बोझ’, ‘आठ दिन’, ‘अवसाद’, ‘नारी’ ‘पाप’, ‘के पाइस नेपाली ?’ लगायतका गितले दर्शकहरुलाई झमाउने छ ।
प्याराडिसो स्पोर्ट्स बार एण्ड ग्रिलका म्यानेजर हरी पौडेलले कार्यक्रमलाई उत्कृष्ट बनाउन आफुहरु लागेको बताउदैं कार्यक्रम भब्य हुनेमा बिश्वस्त रहेको बताउनुभयो ।

सन् १९९७ मा स्थापना भएको चितवनको ब्याण्ड ‘द स्याडोज नेपाल’ सक्रिय रहेको छ । नेपाल सहित विभिन्न देशमा व्याण्डले कन्र्सट गर्दै आएको छ ।
ब्याण्ड सन् २००३ मा ‘सुन हाम्रो आवाज’ एल्बम मार्फत सांगीतिक ब्यवसायमा आएको थियो ।

ब्याण्डले पहिलो सांगितिक कन्सर्ट नेपालको हेटौंडामा गरेको थियो । ब्याण्डमा स्वप्निल शर्मा (भोकल) प्रकाश रसाईली (लिड गीतार) अमित प्रधान (बेस गीतार) सुजन मानन्धर (गीतार) साहिल रीसेल (ड्रम) रहेका छन् ।
अहिलेका भोकलिस्ट स्वप्निल शर्माभन्दा अगाडि बसन्त श्रेष्ठ भोकलिस्ट रहनुभएको थियो ।

साझँ ८ बजे देखी मध्यरातसम्म चल्ने कार्यक्रममा लाइभ कन्सर्टमा व्याण्डले चर्चित गीतले मनोरञ्जन दिने छन् ।
म्यानेजर हरी पौडेलले कार्यक्रमको टिकट अग्रिम अनलाइनबाट पहिले नै टेबल बुकिङ गर्न सकिने बताउदैं करिब १ सय ५० टिकट विक्रि भैसकेको जानकारी दिनुभयो ।
उहाँले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट १ हजार क्यान वियर र डोर सेलमा १ हजार रुपैया पर्ने उहाँको भनाई छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला