घनश्याम लामिछानेको निर्देशनमा ‘चित्रा’ फिल्म को घोषणा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । राम नवमीको अवसरमा फिल्म ‘चित्रा’ को घोषणा गरिएको छ । आगामी भदौबाट छायांकनमा जाने सिनेमामा निर्माता सन्तोष अधिकारीको मुख्य भूमिका रहनेछ ।
चित्रामा सन्तोष अधिकारी को साथमा अर्पण थापा को पनि अभिनय रहने छ् ।

निर्देशक घनश्याम लामिछानेले पारिवारिक कथामा निर्माण हुने सिनेमाको छायांकन नेपालमा नै गरिने र सिनेमाले मध्यम वर्गीय बाबु र छोरीको कथा प्रस्तुत गर्ने बताउनुभयो ।
निर्देशक लामिछाने निर्देशनमा निर्माण भएको सिनेमा ‘लण्डन टु पेरिस’ प्रदर्शनको तयारीमा छ । यो सिनेमाको प्रदर्शन पश्चात ‘चित्रा’ फ्लोरमा जाने तयारी भैरहेको छ ।

उहाँले ‘धौली, पञ्चेबाजा, अग्निदहन’ लगायतका सिनेमा निर्देशन गरिसक्नुभएको छ ।
‘चित्रा’ एसाप इन्टरटेनमेन्टको प्रस्तुतिमा सन्तोष अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुनेछ । भावना पन्तको लगानी रहने सिनेमाको कथा अजय अधिकारीले तयार पार्नुभएको हो ।

अजयको कथालाई अहिले मनिष गौतमले पटकथा तथा संवादमा ढालिरहेका छन् ।
सिनेमामा कथाकार अधिकारीको गीत रचना र सुरेश राईको संगीत रहनेछ ।
निर्माता अधिकारीले केही समय अगाडि ‘डलर एयुडी’ नामक सिनेमाको पनि निर्माण घोषणा गर्नुभएको थियो । उक्त सिनेमा पनि चाँडै फ्लोमा जाने तयारीमा रहेको अधिकारीले बताउनुभयो । उहाँले निर्माण गरेको सिनेमा ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा रहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला