अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ लुम्लेमा सुनगाभा कप तथा प्रविण गुरुङ सांस्कृतिक साँझ हुँदै

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ लुम्लेमा सुनगाभा कप तथा प्रविण गुरुङ सांस्कृतिक साँझ हुने भएको छ ।
सुनगाभा युवा क्लबको आयोजनामा आउँदो माघ २६ गतेदेखि सुनगाभा कप तथा स्वः प्रविण गुरुङ स्मृति श्रस्टा सम्मान कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ ।

लुम्ले गाउँलाई पर्यटकीय गाउँ सगसगै खेलकुदवाट पर्यटन भियाउन युवाहरुले विभिन्न कार्यक्रम गर्ने भएका छन् ।
सुनगाभा क्लब लुम्लेको चौथो संस्कराण आयोजना गर्न लागेको उक्त कार्यक्रम फागुन ३ गतेसम्म सञ्चालन हुने वडाध्यक्ष एकदेव देवकोटाले बताउनुभयो ।

लुम्ले गाउँमा जन्मिएका राष्ट्रिय गायक प्रबिन गुरुङको सम्झनामा आयोजना हुन लागेको कार्यक्रममा विभिन्न राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति रहने पुर्व वडाध्यक्ष चित्रवहादुर गुरुङले जानकारी दिनुभयो ।
पुरुष भलिबल प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडी १ टिममा २ जना सम्म सहभागी गर्न पाइने प्रतियोगिताका संयोजक अन्तिम गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगितामा ३० टिमको सहभागिता रहने अपेक्षा गरिएको गुरुङले बताउनुभयो ।
भलिबलको प्रथमलाई ६५ हजार, दोस्रोलाई ४० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
साथै उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेन्डर र सेटरलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला