हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले पोखरा म्याराथनमा सहभागि हुदै

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । चर्चित हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले पोखरा म्याराथनमा सहभागिता जनाउनु हुने भएको छ ।

आगमी फागुन ६ गते शनिबार पोखरामा आयोजना हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा उहाँले सहभागिता जनाउनु हुने भएको हो । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा उक्त प्रतियोगिता हरेक वर्ष हुँदै आएको छ ।

सो बारे जानकारी दिंदै मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले कलाकार नेपाल सेलिव्रेटीको रुपमा पोखरा म्याराथनमा सहभागिता हुने बताउनुभएको छ ।

उहाले –“कलकार नेपाल म्याराथनमा धावकहरुको जोश भर्न मात्रै नभई उपस्थित सबेलाई आफ्नो कलाको माध्यमबाट समेत मनोरञ्जन दिने कार्यक्रम छ ।”भन्नुभयो ।

स्टाण्ड अप कमेडियनको रुपमा रहेका नेपालले जिरे खुर्सानी, ट्वाक्क–टुक्क लगायतका हास्य टेली ऋंखला लगायत चलचित्र छक्का पञ्जा लगायत दर्जनौ चलचित्रमा भूमिका निभाउनुभएको छ । उहाँको मुन्देको कमेडी क्लव समेत उत्तिकै चर्चित छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला