पोखरा महोत्सवमा ७ करोडको कारोबार, दर्शकको भीड बढ्दै

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा माघ ६ ।
पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवको दशौं दिन सम्म आइपुग्दा १ लाख ७० हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका छनभने ७ करोड बरावरको कारोवार भएको छ ।
महोत्सवमा आउने अधिकांश दर्शकहरुले स्टलमा राखिएका सामाग्री किनमेल गर्नेको समेत घुइचो बढेको हो । स्टलमा राखिएका विशेष गरी जाडो यामका लत्ता कपडा संगै घरायसी सामाग्रीहरु किनमेल गर्नेहरुको घुइचो बढेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिनुभयो ।

महोत्सवको दशौं दिन चर्चित दोहोरी गायक आलिफ खानको एकल र दोहोरी मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने खान संगै जीवन दाहाल, शिवहरी ढुंगाना, रेशम निर्दोश, ज्योती लोहोनी, कमला गैरे, चिना थापा लगायतको प्रस्तुती मार्फत दर्शकहरुले मनोरन्जन लिएका थिए ।

त्यसैगरी महोत्सवमा हास्य प्रहसन तर्फ राजेन्द्र गिरी जादुगर गुन्द्रुके र मुना गिरीको प्रहसन र २३ इन्चका मनोज गोर्खालीको नृत्यले दर्शकहरुको मन जित्न सफल भएको थियोभने सांझको लाइभ कन्सर्टमा अनुप्रस्थाको प्रस्तुुती मार्फत युवाहरुले भरपुर मनोरन्जन लिएको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिनुभयो ।


महोत्सवमा शनिवार लोकदोहोरी तर्फ चर्चित लोकदोहोरी गायक रामजी खाँड, जीवन दाहाल, शिवहरी ढुंगाना, कृष्ण अखेली, सुदीप क्षेत्री, घनश्याम रिजाल, सुमन खड्का, सविना गुरुङ, माया केसी, पुजा गुरुङको प्रस्तुती रहनेछभने कार्यक्रमको सञ्चालन नेत्रपाणी बास्तोलाले गर्नेछन ।
त्यसैगरी महोत्सवमा शनिवार पुरुषोत्तम भण्डारी (पुर्खे बा) को हास्य ब्यंग्य प्रहसन र सांझको लाइभ ब्याण्डमा भिटेनको प्रस्तुती रहने छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला