मनुश्री ̸ भिग्नाजित अन्तर्राष्ट्रिय जुनियर टेनिसमा अयार्शलाई दोहोरो उपाधि

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २३ पौष । पोखरामा शनिबार सम्पन्न दोस्रो मनुश्री ̸ भिग्नाजित अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा पोखराका अयार्शराज पौडेलले दोहोरो उपाधि जित्नुभएको छ ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा सम्पन्न यू–९ र यू–१० ब्वाइज सिंगल्समा अयार्शले दोहोरो उपाधि जित्नुभएको हो ।

यू–९ तर्फको खेलमा अयार्शले इभान भट्टराईलाई पराजित गरेका थिए भने यू–१० तर्फ विश्व डल्लाकोटीलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गर्दै उपाधि जित्नुभयो । उपाधि संगै अयार्शले नगद ५ हजार र उपविजेता रहेका इभान र विश्वले गिफ्ट ह्याम्पर साथमा गिफ्ट ह्याम्परका साथमा मेडल र प्रमाणपत्र हात पार्नुभयो ।

प्रतियोगिता अन्तर्गत नै सम्पन्न यू–१२ ब्वाइज सिंगल्सतर्फको फाइनल खेलको निर्णायक तथा अन्तिम सेटमा स्पन्दन उदास रिटायर्ड हर्ट हुँदा सन्दिप बिकले बाजी मार्नुभयो । पहिलो सेट २–६ ले जितेका स्पन्दन दोश्रो सेटमा भने सन्दिप खेलमा फर्किदैं ६–१ ले आफ्नो पक्षमा पार्नुभयो ।
दोश्रो सेट चलिरहँदा स्पन्दन घुँडाको चोटका कारण मैदान छोडे पछि सन्दिपले उपाधि संगै नगद रु ८ हजार र उपविजेता रहेका स्पन्दनले नगद ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्र्नुभयो ।

यता गल्र्स सिंगल्सतर्फ यू–१० को फाइनलमा साल्भी शेरचनले सारा पन्तलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरी उपाधि जित्दा यू–९ तर्फको फाइनलमा भने साराले जिभाश्री भट्टराईलाई ४–१ र ४–२ ले पराजित गर्दै उपाधि जित्नुभयो ।

प्रतियोगितामा ३७ जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा गल्र्सतर्फ १५ र ब्वाइजतर्फ २२ खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागि सबै भन्दा कान्छा उमेरका खेलाडी ४ वर्ष १० महिनाका सर्वज्ञजङ्ग खत्रीलाई गिफ्ट ह्याम्परबाट सम्मान गरिएको थियो ।

प्रतियोगिताका विजेताहरुलाई प्रतियोगिताका मुख्य सहयोगी कास्की टेनिसका संरक्षक कुमार मोहन बहादुर शाही, नेपाल टेनिस संघका उपाध्यक्ष बिनोद कायस्थ, प्रतियोगिताकी संयोजक पृती बराल, टुर्नामेण्ट डाइरेक्टर राजन पौडेल, संघका उपाध्यक्ष नविन चालिसेलगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै संरक्षक शाहीले यूवा खेलाडी उत्पादनमा सहयोग पुग्ने हेतुले यो प्रतियोगितालाई सहयोग गरेको जनाउदै खेलमा जित र हार भन्दा पनि सहभागिताले खेलाडीको मनोबल उच्च बनाउन सहयोग पुग्ने बताउनुभयो ।

कास्की टेनिसका अध्यक्ष लोक बहादुर गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाल टेनिस संघका उपाध्यक्ष बिनोद कायस्थ संघका सचिव नविन श्रेष्ठले कास्की टेनिसको गतिविधि माथी प्रकाश पार्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला