लियो क्लब अफ हेमजाले मनायो टोपी दिवस

नगेन न्यूज
  • ख-
  • ख+

हेमजा, १७ पुस ।
’हाम्रो सानः हाम्रो मानः नेपाली टोपीलाई सम्मान ’ भन्ने मूल नाराका साथ लियो क्लब अफ हेमजाको आयोजनामा आइतबार हेमजामा अन्तर्राष्ट्रिय ढाका टोपी दिवस मनाएको छ ।
स्थानीय प्रगतिचोकबाट मिलनचोकसम्म सहभागीले टोपी लगाई सद्भाव र्याली निकालेका थिए । र्याली मिलनचोक पुगेर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि लियो क्लब ३२५ जे नेपालका उपाध्यक्ष लियो बिष्णु प्रसाद दाहालले नेपाली टोपीले सगरमाथाको जस्तै विश्वमा नेपालीको शिर उच्च बनाएको बताउदैं टोपीको पहिचान जोगाउन युवाले आ – आफ्नो ठाउँबाट सक्दो योगदान दिनुपर्नेमा जोड दिए ।
लियो क्लब ३२५ जे नेपालका सह–कोषाध्यक्ष लियो बिजय त्रिपाठीले ढाका टोपी नेपालीको पहिचान भएको उल्लेख गरे ।

लियो क्लब अफ हेमजाका संस्थापक सदस्य ई. आशिष बाँस्तोलाले स्वदेश तथा विदेशमा रहेका नेपालीले यो दिवसलाई सभ्य र भव्य रुपमा मनाउँदै आएको उल्लेख गरे ।
उक्त अवसरमा सदस्य लियो रुबिना कुँवरले सांगीतिक प्रस्तुति राखिन् ।
क्लबका प्रथम उपाध्यक्ष लियो मनोज त्रिपाठीले स्वागत गरि सुरु भएको कार्यक्रममा ध्वजाको अभिवादन लियो श्रृङखला त्रिपाठी साथै लियो प्लेज लियो अस्मिता त्रिपाठीले वाचन गरिन् ।

सुस्मिता ब्यूटी कलेक्सनका प्रोपाइटर सुस्मिता गौतम तिमिल्सिनाले २५ थान टोपी सहयोग गर्नु भएको कार्यक्रममा कार्यक्रम संयोजक लियो दिवस बरालले धन्यवाद ज्ञापन गरे ।
क्लब अध्यक्ष लियो निराजन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–सचिव लियो सुशील त्रिपाठीले गरेका एि ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला