सहकारीहरु नाफामा केन्द्रीत हुंदा अनुत्पादक क्षेत्रमा लगानी बढ्यो : मन्त्री बुढा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा पुष १७ ।
गण्डकी प्रदेश भूमि व्यवस्था कृषि, सहकारी तथा गरीबी निवारण मन्त्री चन्द्र बहादुर बुढाले सहकारीहरुले निक्षेप संकलन र कर्जा प्रवाहलाई जोड दिदा अनुत्पादक क्षेत्रमा लगानी वढिरहेको वताए ।
सहकारीहरु नाफामा केन्द्रीत हुंदा अनुत्पादक क्षेत्रमा लगानी वढिरहेको उनको भनाइ रहेको थियो । आइतबार पोखरामा सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशले आयोजना गरेको सहकारी सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया तथा समन्वय गोष्ठीको उद्घाटन गर्दै मन्त्री बुढाले सहकारीहरु नाफा कसरी हुन्छ भन्नेमा केन्द्रीत हुदा अनुत्पादक क्षेत्रमा लगानी वढिरहेको वताए ।

गण्डकी प्रदेश पछिल्लो समयमा दूध अण्डा र मासुमा आत्मनिर्भर भएपनि त्यसलाई अगाडि बढाउन अझैपनि नसकिएको र त्यसको कारण ब्यापारीहरुको खेलोमेलोनै रहेको बुढाले वताए । सहकारीहरु अझैपनि केही सिमित वर्गका मानिसहरुमा मात्र निर्भर रहेको वताउदै मन्त्री बुढाले विपन्न वर्ग र शेयर सदस्यहरुलाई आत्मनिर्भर गराउनतर्फ सहकारीहरु लाग्नुपर्नेमा जोड दिए ।
भूमि व्यवस्था कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयले गण्डकी प्रदेशका सहकारीहरुलाई सुदृढ बनाउन लागि परेको भएतापनि अझैपनि अधिकांश सहकारीहरु अपडेट नभइ रहेकोे र नियम संगत चल्न नसकेको वताउदै दर्तामा मात्र सिमित रहेका सहकारीहरुलाई खारेजी गर्नतर्फ सहकारी अभियनताहरुपनि लाग्नुपर्नेमा उनको जोड रहेको थियो ।

गण्डकी प्रदेश भूमि व्यवस्था कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालय प्रशासन तथा सहकारी बिकास महाशाखाका प्रमुख धु्रव गिरीले संघ र प्रदेश वीच समन्वय हुन नसक्दा सहकारीहरुलाई सुदृढिकरण गरेर लैजान नसकेको भएतापनी यसलाई सुदृढ गराउनका लागी सहकारी संघहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । सहकारीहरुलाई डाटावेसमा लैजान आवश्यक रहेको वताउदै त्यसतर्फ सम्पूर्ण सहकारी संघ संस्थाहरुनै अगाडि वढ्नुपर्ने उनको भनाइ रहेको थियो ।

कार्यक्रममा वोल्दै गण्डकी प्रदेशका सहकारी रजिष्ट्रार रमेश घर्ती मगरले प्रदेश अन्तर्गत ९ सय ३६ वटा सहकारीहरु आवद्ध रहेको भएतापनि अधिकांश सहकारीहरु अपडेट नभएकाले त्यसको छानविन गरी दर्ता खारेजीको अभियानमा आफुहरु रहेको वताए । कार्यक्रममा सहभागी सहकारी संघका प्रतिनिधीहरुले नेपालको संविधान र सहकारी ऐनमा सुधार गर्नुपर्ने, ऐन नियम मिच्ने संस्थालाई कारबाही गर्नुपर्ने, सहकारी ऐन २०४८ को नियमलाई विनियम संसोधन गर्नुपर्ने र संघमा आवद्ध नभएका सहकारीहरुका कारण समस्या उत्पन्न भएकाले त्यसतर्फ रजिष्ट्रारको कार्यालय र मन्त्रालयले ध्यान दिनुपर्ने सुझाव राखे ।
कार्यक्रममा गण्डकीका मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लाका सहकारी संघका प्रतिनिधीहरुको सहभागीता रहेको थियोभने कार्यक्रमको संचालन सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका शाखा अधिकृत चोलाकान्त वाग्लेले गरे ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला