गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव हुने, पु्स २० गतेभित्र नाटकको कथावस्तु पठाइसक्नुपर्ने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, पुस १७ ।
तेस्रोे संस्करणको गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव आगामी माघ १५ गतेबाट हुने तय भएको छ । आयोजक पोखरा थिएटरले दिएको जानकारी अनुसार माघ १५ गते आइतबारबाट सुरु हुने महोत्सव माघ २१ गते शनिबारसम्म चल्नेछ ।
वार्षिक रुपमा गर्दै आएको सो महोत्सवको लागि थिएटरले नाटकको आह्वान गरेको छ ।

महोत्सव संयोजक तथा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले ‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल मन्त्रका साथ आयोजना हुने महोत्सवमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका विद्यालयबाट सहभागिता रहने अपेक्षा व्यक्त गरे ।
उनले महोत्सवमा सहभागिताका लागि विभिन्न छनोट चरण पार गर्नुपर्ने , पहिलो चरणमा नाटकको कथावस्तु अध्ययन गरिने र त्यसको लागि यहीं पु्स २० गतेभित्र नाटकको कथावस्तु पठाइसक्नुपर्ने बताए ।

कथावस्तुको अध्ययन पश्चात दोस्रो चरणकोलागि छनोट गरिने आयोजकको भनाई छ । दोस्रो चरणमा छनोट भएका नाटकलाई हेरेर निर्णायक मण्डलले अन्तिम चरणको लागि छनोट गर्नेछ । यसरी अन्तिम चरणमा छनोट भएका नाटक गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ ।

महोत्सव निर्देशक परिवर्तनले प्रतियोगीतामा भाग लिनको लागि बढीमा १५ जनाको समूह बनाउन सक्ने , नेपाली नाटक हुनुपर्ने र नाटकको समयावधि घटिमा ४० मिनेटदेखि बढिमा १ घण्टासम्मको हुनु पर्ने जानकारी दिए ।

महोत्सवमा गण्डकी प्रदेश भित्र माध्यामिक तहसम्म अध्यनरत विद्यार्थीहरुले सहभागीता जनाउन सक्नेछन् ।
महोत्सवमा छनोट भएका नाटकका कलाकार, व्यवस्थापक, प्राविधिकलाई प्रमाणपत्र, मेडलले सम्मान गरिनेछ । साथै छनोट भएका हरेक समुहले १० हजार रुपैयाँ नगद समेत प्रोत्साहन स्वरुप प्राप्त गर्नेछन् ।
छनोट भएका नाटकलाई आवश्यकता महशुस गरेमा आयोजकले सल्लाह, सुझाब र सहजीकरणको व्यवस्था समेत गर्नेछ ।

आयोजकले २१ नाटक महोत्सवको लागि छनोट गर्ने तयारी गरेको छ । पहिलो चरणमा नाटकको स्कृप्ट अध्ययन गरिननेछ । अध्ययन गरिएका स्कृप्टबाट कथावस्तु, भाषाशैली, संवाद, प्रस्तुतीकरण, मञ्चीयता, मौलिकता लगायतलाई आधार मानेर नाटक छनोट गरिने संयोजक परिवर्तनले जानकारी दिए ।
यस अगाडि दूई संस्करणको गण्डकी प्रदेश स्तरिय विद्यालयस्तरीय नाटक महोत्सव भव्यताका साथ सम्पन्न गरेको थिएटरले पोखरा महानगरपालिका स्तरिय नाटक महोत्सव समेत आयोजना गरिसकेको छ । पोखरा थिएटर सञ्चालन पश्चात पोखरामा नियमित रुपमा नाट्य गतिविधि भइरहेका छन् ।

नाटक छनोट प्रक्रिया यस प्रकार रहेको छ
१. कुनै पनि जाति, सम्प्रादय, धर्म, संस्कृतिको मुल्य मान्यतालाई खलल पार्ने खालको
नाटक महोत्सवमा सहभागी गराइने छैन ।
२. प्रस्तुति एकल अथवा सामूहिक हुनसक्ने छ ।
३. प्रत्येक विद्यालयले लेखक, निर्देशक, कलाकार, प्राविधिक, विद्यालय प्रतिनिधि गरि
बढिमा १५ जनासम्मको समूह बनाउन सक्नेछन् ।
४. माध्यमिक तह ९कक्षा १२० सम्मका विद्यार्थीहरुलाई अभिनयमा समावेश गर्नुपर्ने
छ । लेखक, निर्देशक, प्राविधिकको सन्दर्भमा भने यो नियम अनिवार्य छैन् ।
५. नाटकको समयावधि ४० मिनेटदेखी १ घण्टा सम्मको हुनुपर्ने छ ।
६. पहिलो चरणमा नाटकको स्कृप्ट ९कथावस्तु० अध्ययन गरिनेछ । अध्ययन गरिएका
स्कृप्टबाट कथाबस्तु, भाषाशैली, संवाद, प्रस्तुतिकरण, मञ्चीयता, मौलिकता आदिलाई
आधार मानेर उत्कृष्ट १८ देखि २१ नाटक महोत्सवका लागि छनोट गरिने छ ।
७. महोत्सवमा सहभागी नाटकका कलाकार, व्यवस्थापक, प्राविधिकहरुलाई प्रमाण(
पत्र, मेडल र नगद रु १०,००० र( ले सम्मान गरिने छ ।
८. छनोट भएका नाटकलाई आयोजकले आवश्यकता महसुस गरेमा सल्लाह, सुझाव
एंव सहजीकरणको व्यवस्था गर्न सक्ने छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला