हिमालय क्लबको आयोजनामा पौष २३ गते हुने भैरव नृत्यको तयारी अन्तिम चरणमा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नेवारी संस्कृतिमा आफ्नो छुट्टै महत्व बोकेको भैरव नृत्य पोखरा–१६ बाटुलेचौरमा पनि देखाइने भएको छ । पछिल्लो समय नेवार समुदायको मात्र संस्कृति र परम्परा नभइ यस नृत्य पोखराका प्राचीन संस्कृतिमध्येको एक महत्वपूर्ण संस्कृति पनि बन्न गएको छ ।

विशेषगरी हिमालय क्लब पोखरा–१६ को आयोजनामा यस ऐतिहासिक भैरव नाच बाटुलेचौरको मैदानमा पनि हुने भएको हो ।
यस नृत्य आयोजना गर्नका लागि तयारी अन्तिम चरणमा समेत पुगेको आयोजकले जनाएको छ । यही पौष २३ गते उक्त भैरव नाच हुने भएको छ । यस नृत्यलाई व्यवस्थित रुपमा सम्पन्न गर्न क्लबका अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको छ ।
उक्त समितिको उप–संयोजकमा नेवाःखल बाटुलेचौरका अध्यक्ष नन्दलाल श्रेष्ठ र क्लबका सल्लाहाकार कुमार श्रेष्ठ रहेका छन् ।

त्यस्तै सदस्यहरुमा क्लबका निवर्तमान अध्यक्ष मोहन बहादुर थापा, कोषाध्यक्ष पुष्पराज अधिकारी, मैदान आमा समुहका अध्यक्ष मनु बस्नेत, क्लबका मानार्थ सदस्य वेनी बहादुर बस्नेत, क्षेत्री समाज नेपाल पोखरा १६ प्रारम्भीक समितिका अध्यक्ष सन्दीप थापा र कालीका मन्दिर कोत मामलिय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा के.सी. थापा रहेका छन् ।

यस्तै नृत्य प्रदर्शन स्थल सरसफाई एंव व्यवस्थापनका लागि क्षेत्री समाज नेपालका प्रारम्भीक समिति पोखरा १६ ले गर्ने भएको छ भने खाजा, खाना, प्रसाद र स्वागत व्यवस्थापन नेवाःखल बाटुलेचौरले गर्ने आयोजकले जनाएको छ ।

यस नृत्य संचालन तथा व्यवस्थापन गर्नका लागि ठूलो आर्थिक आवश्यक रहने भएकाले यसका लागी प्रारम्भीक चरणमै सहयोग संकलन कार्यलाई तिव्रता दिनुपर्ने भएकाले सहयोगी दाताहरुसँग आर्थिक सहयोगका लागि भैरव नृत्य संचालन तथा व्यवस्थापन सचिवालयले अनुरोध गरेको छ ।

हालसम्म विभिन्न व्यक्तिहरुका साथै स्वर्गिय कौशल्यादेवी संस्कृति संरक्षण अक्षयकोषबाट केही आर्थिक सहयोग प्राप्त समेत भईसकेको क्लबले जानकारी दिएको छ ।
पोखरामा यस नृत्य २५० वर्षभन्दा अघिदेखि यहाँका नेवार समुदायको तत्वाधानमा शुरु भएको हो ।

यो नृत्य प्रतेक १२ वर्षमा हुँदै आएकोमा २०२९ बाट भने प्रतेक ६ वर्षको अन्तरालमा आयोजना हुँदै आएको छ ।
यस नृत्य पोखराका विभिन्न स्थानहरुमा प्रदर्शन हुने क्रममा पोखरा–१६ बाटुलेचौरमा पनि देखाइने भएको हो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला