लेखनाथ महोत्सव जारी, १ लाख ४५ हजार दर्शकहरुद्धारा अवलोकन

नगेन न्यूज
  • ख-
  • ख+

लेखनाथ ।
पुस ७ गतेदेखी लेखनाथमा जारी रहेको १८ औं संस्करणको लेखनाथ महोत्सवको हालसम्म १ लाख ४५ हजार दर्शकहरुले अवलोकन गरेका छन ।
महोत्सवको सातौं दिनसम्म आईपुग्दा करिब छ करोडको कारोबार भएको महोत्सवका प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिएका छन ।

महोत्सवको पहिलो दिन कुल ३० हजार दर्शकले अवलोकन गरेका थिए भने दोस्रो दिन पुस ८ गते १० हजार, पुस ९ गते २५ हजार, १० गते ३० हजार, ११ गते १५ हजार, १२ गते १५ हजार र १३ गते २० हजारले गरी कुल १ लाख ४५ हजार दर्शकले अवलोकन गरीसकेका छन् ।
मंगलबारसम्म ५ करोड ९० लाखको कारोबार भएको महोत्सवमा बुधबार मात्रै १ करोड बराबरको कारोबार भएको थियो भने हालसम्म ५ करोड ९० लाखको कारोबार भएको आयोजकले जनाएको छ ।

महोत्सवमा मनोरञ्जनका लागि दैनिक जसो रत्यौली कार्यक्रमदेखि लिएर विद्यालय स्तरीय कार्यक्रम, लोकदोहोरी कार्यक्रम, भजन कृतन, लाइभ कन्सर्ट, विभिन्न जातजाति, भाषाभाषीका कार्यक्रमहरु भइरहेका छन् ।
बुधबार भएको लोकदोहोरी कार्यक्रम तर्फ गायकहरु गायकहरु सुमन परियार, घनश्याम रिजाल, बालकृष्ण वाग्ले, नेत्र खडका, गायिकाहरु अस्मिता डल्लाकोटी, ईन्द्रा गुरुङ, सरिता सारु मगर लगायतको प्रस्तुती रहेको थियो भने लाइभ कन्सर्टतर्फ उर्गेन दोङ, एलविन थापा र सुसन बागदासको बेजोड प्रस्तुतीले स्टेज तताएको थियो ।


बिहिबार महोत्सवमा लोकदोहोरी कार्यक्रम तर्फ गायकहरु चन्द्र शर्मा, प्रकाश पराजुली, नवराज अधिकारी, सुमन खड्का, गायिकाहरु सम्झना लामिछाने मगर, माया गुरुङ, दुर्गा क्षेत्री, हाँस्यव्यग्य तर्फ राजा राजेन्द्रको प्रस्तुती रहनेछ । यस्तै बेलुका लाइभ कन्सर्टतर्फ र्यापर आशिष राना ९लाउरे० र श्रृतु कँडेलको बेजोड प्रस्तुती रहेको थियो ।
शुक्रबार गायिका टिका प्रसाइर्,ं प्रिया गुरूङ, राजेश बर्देवा, छेवाङ लामा लगाएतको प्रस्तुति रहनेछ ।
निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको महोत्सवको बुधबार स्याङ्गजा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठ सहित संघका महिला उद्यमीहरु सहितको टोली, फर्निचर एशोसिएसन नेपालका केन्द्रीय द्धित्तीय उपाध्यक्ष युवराज पौडेलको नेर्तत्वमा जिल्ला र प्रदेशको टोलीले अवलोकन गरेका थिए ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवमा कुल ३३७ स्टलहरु रहेका छन् । ग्रामिण घरेलु प्रविधिको प्रदर्शनी र यहाँका पर्यटकीय स्थलको पहिचान गराउने उद्देश्यले आयोजना गरेको महोत्सवमा पर्यटकीय स्थलको पहिचान गराउन छुट्टै बेगनास तालको डेमो तयार गरि राखिएको छ, जुन दर्शकको आकर्षणको केन्द्र बनेको छ ।

यसका साथै महोत्सवमा हस्तकला, घरेलु उत्पादन, एग्रो प्रोडक्टहरुको प्रवद्र्धन सम्बन्धी स्टलहरु, मेसिन, अटो गार्मेन्ट, माटाका भाडा, फलामका औजार प्रदर्शनीमा राखिएका छन् । त्यस्तै महोत्सवमा विद्यार्थीका लागि इन्जिनियरिङ सम्बन्धी प्रदर्शनी पनि रहेको छ । आफ्नो सेवा तथा वस्तु प्रर्वद्धनका लागि पनि विभिन्न प्रतिष्ठानहरुले स्टल राखेका छन् ।
ग्रामिण क्षेत्रमा लोप हुँदै गरेका अधिकांस वस्तुहरु महोत्सवमा राखिएका छन् । जसका कारण दर्शकहरुको आकर्षण बढ्दै गएको संयोजक ओझाले वताएका छन् ।
सगरमाथा इन्स्योरेन्स मुख्य प्रायोजक रहेको महोत्सवमा सहप्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, कामना सेवा विकास बैंकलगायत महोत्सव सफल बनाउन विभिन्न संघ संस्थाहरुले सहयोग गरिरहेका छन् । महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला