कास्की जिल्ला खेलकुद विकास समितिको प्रमुखमा डि.बी. नेपाली

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १४ पुष ।
कास्की जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुखको रुपमा डम्बर बहादुर (डि.बी.) नेपालीलाई जिम्मेवारी दिइएको छ ।
यस अघि कार्यालय प्रमुखका रुपमा प्रकाश बरालले जिम्मेवारी सम्हाल्दै आएका थिए । तर बरालले मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएलगतै उक्त पदबाट राजीनामा दिएका थिए ।

उनको राजीनामासँगै कार्यालयमा केही समयदेखि उक्त पद रिक्त अवस्थामा रहेको थियो । कास्की जिल्ला खेलकुद विकास समितिको रिक्त रहेको उक्त पदमा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपालीलाई जिम्मेवारी दिएको हो ।

नेपाली हाल पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिमा लेखापालको रुपमा कार्यरत भई जिम्मेवारी सम्हाल्दै आएका थिए ।
यस्तै यस विषयमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीले नेपालीलाई परिषदले रिक्त रहेको प्रमुख पदको जिम्मेवारी हेर्न खटाएको जानकारी दिएका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला