नेपाली फिल्म रिभेन्ज लभ युटुबमा रिलिज (भिडियो सहित)

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा,पुस १५ ।
श्याम शुक्ला फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको निर्देशक मन्दिप रानाको तेस्रो फिल्म रिभेन्ज लव आज ल्होसारको उपलक्ष्यमा युटुबमा सार्वजनिक भएको छ। सो फिल्ममा केही नयाँ र पुराना पोखरेली कलाकारहरुको अभिनय देख्न पाइन्छ।

“प्रेम खेल होइन” भन्ने सन्देश का साथ प्रेममा बदला र समर्पण को भाब हुनुपर्छ भन्ने कथाबस्तु रहेको निर्देशक मन्दिप राना बताउछन। श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुती रहेको यस फिल्ममा एक्सन, कोरीयोग्राफि र निर्देशन मन्दिप रानाको छ। गित नवीन घताने, संगीत देशभक्त सिंह कुँवर, स्वर रजनी राई र बिजय कुमार को रहेको छ ।

चलचित्रका मुख्य कलाकारहरुमा नवीन घताने, देशभक्त सिंह कुँवर, बिजय कुमार, अबिराज बि.सि., अर्जुन गिरि, गीत सुनार, रोशनि सुनैना, सुस्मिता परियार, तुलसी क्षेत्री, लक्ष्मण रोका छन। फिल्म श्याम शुक्ला फिल्म्सको अफिसियल युटुब च्यानल Shyam Shukla  बाट सार्वजनिक भएको छ।

यसैगरी सिनेमाको मेकअप मोहन लामा, छायान्कन राहुल राइ, पोस्टर डिजाइन सबिन गायक, सम्पादन नेत्र गुरुङ र अशोक आलेको रहेको छ। फिल्मका निर्माता नवीन घताने र श्याम शुक्ला फिल्म प्रोडक्सन को छ भने सह-निर्मातामा बिजय कुमार, गीत सुनार र लक्ष्मी सुनारको रहेको छ।
फिल्मको रिलिज पौष १५ ल्होसार का दिन अर्थात् अग्रेजी नयाँ बर्ष लाई टार्गेट गरेर गरिएको निर्माता नबिन घतानेले बताएका छन ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला