पोखरा, पुस १४ ।
‘सडकमै खाऔँ, सकडमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नारासहित पोखरामा बुधवारदेखि २४ औँ सडक महोत्सव शुरु भएको छ ।
महोत्सव पुस १७ गतेसम्म संचालन हुने छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई अग्रेजी नयाँ बर्षको गन्तव्य स्थल को रुपमा प्रवद्र्वन गर्ने उदेश्यले लेकसाइडको ३ कि.मी. क्षेत्रमा महोत्सव भएको रेष्टुरेण्ट एण्ड बार एशोशिएसन (रेवान) पोखराका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए ।
लेकसाइडको हल्लनचोकबाट शुरु भएको विभिन्न सांस्कृतिक झाँकीसहितको र्याली कोमागाने पार्क पुगेपछि सडक महोत्सव औपचारिकरूपमा शुरु भएको थियो ।
पोखराको फिस्टेल गेटदेखि डिहिकोपाटनसम्मको झन्डै तीन किलोमिटर खुला सडकमा महोत्सव सञ्चालन भएको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी मेला आयोजना गरिएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए ।
खुला सडकमा टेबल कुर्ची निकाली सडकमै खाने, सडकमै सांस्कृतिक तथा विभिन्न कार्यक्रम सञ्चालन हुने छ । महोत्सवलाई लक्षित गरी लेकसाइड क्षेत्रलाई दुलही झैँ सिँगारिएको छ । महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव सञ्चालन हुने सडकका दायाँ(बायाँ रङ्गरोगन गर्नुका साथै ध्वजा पताका टाँगिएको छ ।
महोत्सवको मुख्य स्थल कोमागाने पार्कमा स्टेज र विभिन्न खानेकुरा, लत्ताकपडा, बाल उद्यान मुख्य आकर्षण रहेका छन् । पाँच दिने सडक महोत्सवमा नेपालका विभिन्न जिल्ला र विदेशका समेत सांस्कृतिक कार्यक्रमका प्रस्तुत हुने छ ।
महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम हुने छ ।
सडकमै खाउ, सडकमै रमाउँ भन्ने उदेश्य सहित भएको महोत्सव ४ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले गरेको छ ।
महोत्सवले नेपालको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुदा आर्जन, रोजगारी सृजना, विकास र समुन्नतिमा टेवा र्पुयाउन सहयोग पुग्ने उदेश्यले आयोजना हुने महोत्सवले समग्र पोखराको पर्यटन प्रबद्र्वन हुने अपेक्षा गरिएको अध्यक्ष भट्टराईले बताए ।
महोत्सवमा ८५ लाख कारोवार हुने र ७० लाख खर्च भै १५ लाख वचत हुने अनुमान रहेको छ ।